काठमाडौं । प्रधानमन्त्री तथा काठमाडौं विश्वविद्यालय९केयू०का कुलपति समेत रहनु भएका केपी शर्मा ओलीलाई यतिबेला केयूको उपकुलपति चयन गर्न मुस्किल परिरहेको छ । केयुमा उपकुलपति नियुक्तिका लागि गठित सिफारिस समितिका सदस्यहरुबीच नै कुरा नमिलेर समयमै नाम पठाउन नसक्दा यो समस्या आएको केयू स्रोतले बताएको छ । केयू गत माघ ६ गतेदेखि नै उपकुलपति विहिन छ । प्रा.डा.भोला थापाको कार्यकाल सकिनै लाग्दा सरकारले मंसिर २९ गते केयूका संस्थापक उपकुलपति प्रा.डा.सुरेशराज शर्माको नेतृत्वमा उपकुलपति छनौट समिति बनाएको थियो । समितिमा प्रा.डा.अर्जुन कार्की र पूर्व शिक्षा सचिव जनार्दन नेपाल सदस्य रहनु भएको छ । अहिलेसम्म केयू निमित्त उपकुलपतिकै भरमा छ । कुलपति तथा प्रधानमन्त्री ओलीले, कुलपति नियुक्ति नहुदासम्मका लागि रजिष्ट्रार प्रा।डा।अच्युत वाग्लेलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिनुभएको थियो ।
अहिले केयूको उपकुलपतिका लागि प्रा.डा.भोला थापा, रजिष्ट्रार तथा निमित्त उपकुलपति डा।अच्युत वाग्लेसहित अन्य प्राध्यापक पनि उपकुलपति लाइनमा रहनुभएको छ । तर प्रा।डा। भोला थापा र रजिष्ट्रार डा।अच्युत वाग्ले मध्ये छनौट समितिले कसलाई पहिलो नम्बरमा राख्ने भनेर अलमलमा रहेको विश्वविद्यालय स्रोतले जनाएको छ ।