
-
काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले श्रमजीवि पत्रकारसम्बन्धी ऐन २०५१ समयानुकुल परिवर्तन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
पत्रकारहरुले सो ऐन परिमाजर्नका लागि सरकारको ध्यानाकर्षण गराईरहेको समयमा सरकारका प्रवक्ता समेत रहनु भएका संचारमन्त्री सुब्बाको यस्तो विचार सार्वजनिक भएको हो ।
केही दिन अघि न्यूनतम पारिश्रमिक निर्धारण समितिले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गुरुङले यस्तो बताउनु भएको हो । उहाँले ऐन संशोधन गर्न अझै केही समय लाग्ने समेत स्पष्ट पार्नुभयो । उहाँले ठूला प्रकाशन गृहको कारण ऐन कार्यान्वयनमा समस्या भएको बताउनुभयो । तर के कस्तो समस्या आएको हो भनि उहाँले खुलाउनु भएन ।
उहाँले भन्नुभयो ‘श्रमजीवि पत्रकार सम्बन्धी ऐन, २०५१ संशोधन गर्छौ । यो प्रविबद्धता जनाउन चाहान्छौं । बहुदल पनि नआएको, गणतन्त्र पनि नआएको हाम्रै मन्त्रालय छ । त्यसकारण ऐन संशोधनको प्रक्रियामा हामी
लाग्छौं । ठूला प्रकाशन एवं सञ्चार गृहहरुका कारण यो कार्यान्वयन नभएको हो । यसमा सकार र सम्बन्धित मन्त्रालयको तर्फबाट उनीहरुसँग आवश्यक अन्तरक्रिया नभएको हो
कि । अहिलेसम्म हाम्रो राज्यको काम गर्ने तरिका र ंस्कार त्यस्तो रहेछ । तत्काल यो ऐन कार्यान्वयनमा कहाँ कहाँ समस्या छ । त्यसको पहिचान गरेर सुधार गर्नुपर्छ । त्यो कार्यान्वयन गर्ने कुरामा पनि मन्त्रालय तयार छ । नयाँ ऐन बनाउन समय लाग्छ ।’