विपिनको अवस्था अझै अन्यौलमा

काठमाडौं । हमासको नियन्त्रणमा रहनुभएको भनिएका नेपाली युवा विपिन जोशीको यथार्थ अवस्था प्राप्त हुन नसकेको जानकारी परराष्ट्रमन्त्री आरजु राणा देउवाले दिएपछि विपिनको अवस्था अझै अन्यौल भएको मात्र छैन, उनका आफन्त र शुभचिन्तक हिस्स परेका छन् । मन्त्रि राणा, संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्को ५८औं उच्चस्तरीय सत्रमा भागलिन जाँदा विपिनको वास्तविक यथार्थता पत्ता लाग्ने र रिहाइनै हुन पनि सक्ने अपेक्षामा बसेका विपिनका आफन्त र शुभचिन्तकले विपिनको वास्तविक अवस्था मन्त्री आरजु राणाबाट पत्ता लाग्न सक्ने अपेक्षा गरेका थिए ।
५८औं उच्चस्तरीय सत्रमा भाग लिएर स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री राणाले पत्रकारहरुसँग कुरा गर्दै विपिनको यथार्थ अवस्था पत्ता लाग्न नसकेको भनाई राख्नु भएको थियो । मन्त्रीको यो भनाइपछि विपिनको अवस्था बारे थप जिज्ञासा उत्पन्न भएको बताइन्छ । मन्त्री राणाले विपिन जोशीको यथार्थता तत्काल पत्ता लाग्न नसके पनि हमासको कब्जामा नेपाली रहेको भए रिहाई हुने आश्वासन अन्तर्राष्ट्रिय जगतबाट पाएको बताउनुभयो ।

LEAVE A REPLY