बीआरआई  परियोजा अनुदान होइन ः चीन

चीन भ्रमणमा रहेको नेपाली काँगेसको प्रतिनिधिमन्डलसंग चीनले बीआरआई” परियोजना अनुदान नभएको स्पष्ट पारेको छ ।
चीनको बेइजिङमा चिनियाँ कुटनीतिज्ञ सरला र रेनमिन विश्वविद्यालयका प्राध्यापक डा. सिलुसहितले बीआरआई अनुदान नभई व्यवहारिक सहयोग भएको स्पष्ट पारे ।
उनीहरूले सहुलियत ब्याज दरमा नेपालले बिबिध क्षेत्रमा ऋण लिएर आफ्नो देशको विकास गर्न सक्ने धारणा राखे । यसका लागि केही शर्तहरु चीन सरकारका रहने र त्यसबारे सम्झौताको चरणमा खुलस्त पारिने पनि उनीहरूले स्पष्ट पारे ।
चिनियाँ प्रतिनिधिमन्डललाई जवाफ दिंदै पूर्व उपप्रधानमन्त्री एवम काँग्रेस नेतृ सुजता कोइरालाले नेपाल अनुदान नभई ऋण लिन इच्छुक रहेको धारणा राखिन् ।
देशको आत्मसम्मान, स्वाभिमान, राष्ट्रिय स्वाधीनता, देशको विकास र समृद्धि तथा दुई देशबीचको परस्पर सम्बन्धका लागि पनि ऋण उपयुक्त हुने उनको भनाइ थियो ।
बीआरआई कार्यान्वयनमा लैजाँदा नेपालको पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, कला, संस्कृतिसहित चौतर्फी विकासमा मद्वत पुग्नुकासाथै नेपाली कामदारका लागि चीनमा रोजगारी समेत सृजना हुने कोइरालाको भनाइ छ । चिनियाँ कामदारले पनि नेपालमा व्यवसाय र रोजगारीको अवसर पाउने उनी बताउँछिन् ।
बीआरआई पूर्णतः अनुदानमा खोज्नु भनेको नेपालको विकास गर्न नचाहनु र बीआरआई नेपालमा असफल पार्ने मनशाय भएको उनको भनाइ छ ।

नेता बर्मा लामाले भने बीआरआईमा अझै स्पष्ट हुनुपर्ने भएकाले नेपाली जनताले बुझाउन चिनियाँ पक्षलाई आग्रह गरे ।

अन्तक्रिर्यामा काँग्रेस नेतृ किरण यादव, बर्मा लामा, देवराज चालिसे, उज्वल बराल लगायत सहभागी थिए ।

 

LEAVE A REPLY