Page 19

टर्कीले क्वाटरफाईनलमा नेदरल्याण्डसको सामना गर्ने

काठमाडौँ । टर्की युरोकप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा अष्ट्रियालाई २–१ गोलले हराउँदै टर्की अन्तिम आठमा पुगेको हो ।
टर्कीलाई जित दिलाउन दुबै गोल मेरिह डेमिरालले गरे । अष्ट्रियाका माइकल ग्रेगोरिचले एक गोल फर्काए । खेलको पहिलो मिनेटमा नै डेमिरालले गोल गर्दै टर्कीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
५९ औं मिनेटमा उनले गोल गर्दै अग्रता दोब्बर पारे । यता ६६ औं मिनेटमा माइकलले गोल फर्काएपनि अष्ट्रियाको हार टार्न सकेनन् । टर्कीले क्वाटरफाइनलमा नेदरल्यान्ड्सको सामना गर्नेछ ।

 

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको “ढुक ढुक हैन, ढुक्क होऔँ,ब्राण्डिङ.बजारमा

काठमाण्डौ, प्रभुलाईफइन्स्योरेन्सले प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौं ।” र ढुकढुक होईन ढुक्क होऔंभन्ने ब्राण्डिङ क्याम्पियन बजारमा ल्याएको छ । साविकका प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स बीच एक आपसमा गाभिएको केही समय पछि कम्पनीले उक्त क्याम्पियन ल्याएको हो ।
“जीवनमा हरपल हुन सक्ने आर्थिक अनिश्चितताको ढुक ढुकलाई जीवन बीमा मार्फत प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ढुक्क हुने परिस्थिति सृजना गर्दछ”, कम्पनीले जारी गरेको विज्ञप्तीमा जनाएको छ । यही यथार्थलाई विज्ञापनको माध्यमबाट आम नागरिकमा सचेतना जगाउने र कम्पनीको प्रचार प्रसार गर्ने लक्ष्य लिएको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले जनाएको छ ।
प्रसिद्ध कलाकार श्री मनोज गजुरेल ज्यूलाई ब्राण्ड एम्बेसडरको रुपमा अनुबन्धन गरिसकेको कम्पनीले यो “ढुक ढुक हैन, ढुक्क होऔँ, प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौं ।” भन्ने ब्राण्डिङ क्याम्पियनको प्रमुख भूमिकामा समेत उहाँलाई नै अनुबन्ध गरेको छ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स आफ्ना ग्राहकहरूलाई जीवन बीमाको माध्यमबाट आर्थिक सुरक्षा र निश्चिन्तता प्रदान गर्न समर्पित छ भन्ने सन्देशलाई अझ सुदृढ गर्न यो क्याम्पियन अघि सारिएको जनाइएको छ ।
जीवन बीमा गरेर ढुक्कको जिन्दगी जिउन सकिने कुरालाई उठान गरेको प्रचार सामग्रीहरुले जनमानसमा सकारात्मक प्रभाव पर्नेमा कम्पनी विश्वस्त रहेको छ । यस क्याम्पियनले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका साथ साथै जीवन बीमा व्यवसाय प्रति नै सकारात्मक प्रभाव पर्ने कम्पनीको दाबी छ ।

ड्रागन फल खेती गर्ने को सख्याबढ्दै

बेलबारी मोरङ ड्रागन फलले बजार पाउन थालेपछि कोशी प्रदेशमा यसको खेती गर्नेहरुको सङ्ख्या पनि बढेको छ । कृषि विकास निर्देशनालय कोशी प्रदेशका अनुसार हाल प्रदेशका विभिन्न जिल्लामा एक सय ८६ हेक्टर क्षेत्रफलमा ड्रागन फलको खेती भइरहेको छ ।

कोशीप्रदेशका १४ जिल्लामध्ये विशेषगरी छ जिल्लामा ड्रागन फलको खेती भइरहेको छ । झापामा ६० हेक्टर, मोरङमा ३५ हेक्टर, सुनसरीमा २५ हेक्टर, भोजपुरमा छ हेक्टर, इलाममा ११ हेक्टर, सङ्खुवासभामा ३७ हेक्टर जमिनमा यसको खेती भइरहेको कृषि विकास निर्देशनालय कोशी प्रदेशका योजना शाखाका अधिकृत काजिमान प्रधानले जानकारी दिए ।
आर्थिक वर्ष २०७९र८० मा प्रदेशभरबाट एक हजार दुई सय १९ दशमलव २२ मेट्रिक टन ड्रागन फल उत्पादन भएको अधिकृत प्रधानले बताए । बजारमा यसको माग उच्च भएको कारण पछिल्लो समय यसको खेतीप्रति किसानको आकर्षण बढ्दो रहेको कृषि विकास निर्देशनालय कोशी प्रदेशका प्रमुख प्रकाशकुमार डाँगीको भनाइ छ
मेक्सिको र दक्षिण अमेरिकाबाट नेपाल भित्रिएको सिउँडी प्रजातिको फल दुई किसिमको हुने कृषि विकास निर्देशनालय कोशी प्रदेशका बागवानी विकास अधिकृत टोनि वर्देवाले बताए । उनका अनुसार यसको हाँगा काटेर अन्यन्त्र रोप्नुपर्ने हुन्छ । ड्रागन फलमा प्रशस्त मात्रामा भिटामिन सी पाइन्छ ।

 

राजीनामा दिन प्रचण्डलाई एमालेको आग्रह

काठमाडौं ।नेकपा एमालेले आजसम्म राजीनामा दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको छ।
हिजोे बसेको सचिवालय बैठकले एमाले र कांग्रेसबीचमा भएको सहमति अनुसार संविधानको धारा ७६, २० अनुसार अर्को सरकार निर्माण गर्न बुधबारसम्म मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आह्वान गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जनाकारी दिए।
तर एमालेले आफ्ना तर्फबाट सरकारमा रहेका मन्त्रीहरुलाई भने फिर्ता बोलाउने निर्णय गरेको छैन। यसैगरी, एमालेले संसद्मा प्रतिनिधित्व गरेका राजनीतिक दललाई राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन आह्वान गरेको छ।

पार्टी कार्यालय च्यासलमा भएको सचिवालय बैठकले नेपाली कांग्रेससँगको सहमतिअनुरुप एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन ती दललाई आह्वान गरेको हो।
यो।

 

नुनको मूल्य प्रतिकिलो रु ४ ले बृद्धि

मंगलबार बसेको साल्ट ट्रेडिङ सञ्चालक समितिको बैठकले नुनको मूल्य प्रति किलो रु ४ ल बृद्धि गर्ने निर्णय गरेको नायब प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीले बताए ।
नयाँ मूल्यसूचीअनुसार प्रतिकिलो २२ रुपैयाँ पर्ने आयो नुनलाई अब उपभोक्ताले २६ रुपैयाँ तिर्नुपर्नेछ । यस आधारमा ४ रुपैयाँ प्रतिकिलोका दरले मूल्य बढेको छ।
यसैगरी न्यु शक्ति नुनको उपभोक्ता मूल्य प्रतिकिलो २० रुपैयाँमा पुगेको छ । यसअघि न्यु शक्ति नुनको उपभोक्ता मूल्य १६ रुपैयाँ थियो । आयो नुन र न्यू शक्तिको थोक मूल्य भने क्रमशः २३ र १७ रुपैयाँ रहेको छ । अर्थात उपभोक्ता मूल्य भन्दा थोक मूल्य ३–३ रुपैयाँ सस्तो रहेको छ ।

क्ष्मजबचतजब दबलप
साल्ट ट्रेडिङले भानु नुनको मूल्य भने यथावत् राखेको छ । साल्ट ट्रेडिङ भानु नुन प्रतिकिलो ९ रुपैयाँमै उपभोक्तालाई उपलब्ध गराउने भएको हो ।

साल्ट ट्रेडिङले नुनको मूल्य समायोजनका लागि प्रदेश, शाखा, उपशाखा र डिपो कार्यालयलाई पत्राचारसमेत गरिसकेको छ।

नेपाल लाइफको साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुई आर्थिक वर्षको ( २३ र २४औं )वार्षिक साधारणसभा विरंगजस्थित होटल भिष्मामा सम्पन्न गरेकोछ । कम्पनीको जेठ २८ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभालाईवीरगञ्जस्थित होटल भिष्वामा सम्पन्न गर्ने निर्णय गरेको थियो ।
सभाले गत आर्थिक वर्ष को लागि संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको २१।०५ प्रतिशत कर प्रयोजन सहितको नगद लाभांश वितरण गर्न स्वीकृत गरेको छ।
आव २०७८।७९ र २०७९।८० को वार्षिक कार्य प्रगति र लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान, नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित भएको छ।
साथै आव २०७९।८० को लागि लेखापरीक्षकलाई गरिएको नियुक्ति र निजको पारिश्रमिक अनुमोदन गर्ने र चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित पारित गर्नेछ । कम्पनीको संचालक समितिमा संस्थापक समूह ‘क’ बाट ३ जना, समूह ‘ख’ बाट ३ जना र १ जना स्वतन्त्र संचालक नियुक्ति गर्ने र संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरेको छ ।

 

फिल्म ‘नम्बरी सुन’ साउन २५ मै प्रदर्शन हुने

काठमाडौँ । फिल्म ‘नम्बरी सुन’ साउन२५ मै प्रदर्शन हुने भएको छ । राजु गिरीको निर्देशन रहेको फिल्म यसअघि भदौ १ गते रिलिज हुने भनिए पनि एक साता अगाडि सर्दै साउन २५ मा आउन लागेको हो ।
निर्माण टिमले फिल्मका प्रमुख कलाकारहरू गौरव पहारी, नम्रता सापकोटा र विनोद न्यौपाने फिचर्ड नयाँ पोस्टरसँगै नयाँ प्रदर्शन मिति पनि सार्वजनिक गरेको हो
नारायण खातीको प्रस्तुति रहेको फिल्ममा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारीलगायतका कलाकारको अभिनय रहेको छ ।फिल्म आम दर्शकहरले मन पराउने अपेक्षा निर्माण टिमले गरेको बताइन्छ ।

सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका हुन् ।

फिल्ममा अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामिछानेको नृत्य निर्देशक, समीर मियाँको भिएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, गौतम राज खड्काको सम्पादन छ । फिल्मलाई काठमाडौँ उपत्यकामा रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछन् ।

मन्त्री दामोदर भण्डारीद्धाराउद्यमशिलताको विकाशमा जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले युवा पलायन रोक्न उद्यमशिलताको विकासमा जोड दिनुपर्ने बताउनु भएको छ । छ ।
नेपाली कांग्रेसको उद्यमशिलता र साना तथा मझौला व्यवसायी विभागको आज मन्त्रालयमा ज्ञापनपत्र बुझ्दै उहाँले उद्यमशिलताको विकासले युवा पलायन रोक्न सघाउने बताउनुभयो ।
उहााले भन्नुभयो ः “अहिले देखिएको निराशा चिरेर आशा जगाउनु सरकारको प्रमुख धेय हो, यसमा सबैको साथ र सहयोग आवश्यक छ, तपाइँहरुका सुझाव कार्यान्वयन गर्न पहल गर्छु ।”
मन्त्री भण्डारीलाई नेपाली कांग्रेसको उद्यमशिलता र साना तथा मझौला व्यवसायी विभागका प्रमुख सीता थपलियासहितको टोलीले नेपाल सरकारको स्टार्टअपका लागि सहुलियत कर्जा उपलब्ध गराउने प्रतिबद्धता अन्तर्गत ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८०’ले कर्जा आवेदकबाट नवीन पद्दतिको अपेक्षा गरेको देखिए पनि त्यस्तो नवीन पद्दतिको मापदण्ड स्पष्ट गरी स्टार्टअप नीति र सम्बन्धित कार्यविधि परिमार्जन गर्नुपर्ने लगायतका माग राखेर १७ बुँदे मागपत्र बुझाएको हो ।

 

प्रभु बैँक र होटल हिमालयबीच विशेष छुट दिने सम्झौता

 

काठमाडौँ । प्रभु बैँकका कर्मचारी तथा ग्राहकहरूलाई कुपण्डोल, ललितपुरमा अवस्थित होटल हिमालय सँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ । एक भव्यसमारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैँकका तर्फबाट चिफ मार्केटिङ्ग अफिसर रवीन्द्र ढकाल र बजार व्यवस्थापक सबिन राणा तथा होटल हिमालयको तर्फबाट बिक्री प्रबन्धक भुपेश लेखकले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार प्रभु बैँक लि।का कर्मचारी तथा ग्राहकहरूले बैँकसँगको आबद्धता प्रमाणका आधारमा होटलमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरूमा विशेष छुट प्राप्त गर्न सक्ने बैँकले जनाएको छ ।

ऐतिहासिक, सांस्कृतिक एवं धार्मिक महत्व बोकेको उपत्यकाको मुटुमा अवस्थित ललितपुर आफैमा एक कलात्मक शैलीको परिचय बोकेको सहर हो । कृष्ण मन्दिर,पाटन दरबार स्क्वायर,स्वर्ण विहार जस्ता पर्यटकीय क्षेत्रको अवलोकन गर्न यस सहरमा देश तथा विदेशबाट पर्यटकहरूको आगमन हुने गरेको पाइन्छ ।

 

कांग्रेस र एमालेबीच आलोपालो सरकार चलाउने सहमति

काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ गठबन्धन बनाउने र सो गठ्बन्धनले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ । सहमती अनुसार तत्काल नेकपाएमालेले सरकाको नेतृतव गर्ने र दोस्रोकार्यकाल अर्थात चुनावीसरकारको नेतृतव नेपालीकाँगे्रसले गर्ने बुझीएको छ । सोमबार राति कांग्रेस र एमालेका दोस्रो तहका नेताहरुले नयाँ गठबन्धन बनाउने सहमति गरेका हुन् । कांग्रेसका रमेश लेखक र ज्ञानेन्द्र बहादुर कार्की तथा एमालेबाट शंकर पोखरेल र रमेश बडालले आइतबार र सोमबार सहमतिको खाका तयार गरेका हुन् ।
सहमतिमा केन्द्रदेखि प्रदेशमा सरकारको मोडलको विषयमा पनि सहमति भएको छ । जस अनुसार एमालेले अर्थ मन्त्रालयसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृह मन्त्रालयसहित १० मन्त्रालय लिने भएको छ ।

त्यस्तै, एमालेले कोशी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ । त्यस्तै मधेस प्रदेश सरकारको नेतृत्व भने मधेसवादी दललाई दिने सहमति भएको छ ।

त्यस्तै कांग्रेस( एमालेले निर्वाचन प्रणालीसहितका विषयमा संविधान संशोधन गर्ने विषयलाई आफ्नो गठबन्धनको प्रमुख एजेण्डा बनाएर जाने भएका छन् ।

 

सुदामा ताजा समाचार

मुलुकलाई समृद्ध, सुशासित र भ्रष्टाचार मुक्त बनाउन सबैक्षेत्रको सक्रिय भूमिका आवश्यकःसभामुख...

काठमाडौँ, जेठ १६ गते । सभामुख डोलप्रसाद अर्यालले मुलुकलाई समृद्ध, सुशासित र भ्रष्टाचारमुक्त बनाउन सबै क्षेत्रको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभएको छ । शनिबार काठमाडौँमा...

इलाममा बृहत् च्याब्रुङ नाच प्रदर्शन,बजाइए ५ सय भन्दा बढी च्याब्रुङ बाजा

इलाम, जेठ १६ गते । लिम्बू जातिको कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले इलामको माङ्सेबुङ गाउँपालिकामा ‘केलाङ प्रदर्शनी’ गरिएको छ । माङ्सेबुङमा रहेको प्रमुख...

प्रचण्ड मेडिसिटी अस्पताल भर्ना

पूर्व प्रधानमन्त्री तथा नेपाली कम्यूनिष्टपार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ भई अस्पताल भर्ना भएका छन्। विगत दुई—तीन दिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शनिबार बिहान...