Page 20

नाउपा ससदीय दलको नेतामा गंगाराम चोधरी

नाउपाले स.सदीयदलको नेताको पदमा रहेकी रञ्जीता श्रेष्ठलाई हटाएर गंगाराम चौधरी
डगौरा लाई संसदीय दलको नेता चयन गरेको छ । त्यस्तै प्रमुख सचेतक पदमा रहेका डगौराको स्थानमा लालवीर चौधरीलाई प्रमुख सचेतकको पदमा राख्ने निर्णय सर्वसम्मतिबाट पारित गरिएको विज्ञप्तिमा उल्लेख छ ।
दलको नेता चयनसम्बन्धी पत्र आज संसद् सचिवालयमा दर्ता गर्ने दलका नेता गंगाराम चौधरीले बताए ।

 

पशुपति क्षेत्र विकास कोषको कार्यभार सभाष चन्द्र जोशीको काँधमा

काठमाडौं।पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा सुभाषचन्द्र जोशी नियुक्त भएका छन्यस सँगै विकास कोषको कार्यभार जोशीको काँधमा पर्न गएको हो ।
सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङको अध्यक्षतामा बसेको पशुपति क्षेत्र विकास सञ्चालक परिषद्को बैठकले जोशीलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो।
खुल्ला प्रतिस्पर्धाबाट जोशी छनोट भएको मन्त्रालयले जनाएको छ। शिक्षा क्षेत्रको नेतृत्वदायी भुमिकामा रहेर झन्डै दुई दशकको अनुभव बटुलेका जोशीले आजै शपथ लिएका छन्। नवनियुक्त कार्यकारी निर्देशक जोशीले पछिल्लो कार्यविधि अनुसार आफू छनोट हुन सफल भएको भन्दै आफूले अब सबै पक्षसँग समन्वय गरेर आफूले सिकेका, जानेका कुराहरु अनुसार त्यहाँको वस्तस्थिति अनुसार अगाडी बढ्ने प्रतिवद्धता जनाए।
पछिल्लो समय पशुपति विकास कोशको कार्यकारी निर्देशक नियुक्ति प्रक्रियालाई लिएर आलोचना हुने गरेकोमा यो पटक मन्त्री तामाङको निर्देशनमा खुल्ला प्रतिस्पर्धा बाट नियुक्त गरिएको हो। केही समयदेखि रिक्त रहेको कार्यकारी निर्देशक पदमा यही जेठ २३ गते कोषको कार्यकारी निर्देशकमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्नेगरी कोषले आवेदन माग गरेको थियो।

अभियुक्तबमजनलाई कैद र क्षतिपूर्ति भराइने

काठमाडौं । जिल्ला अदालत सर्लाहीले बालयौन दुरुपयोगमा दोषी ठहर भएका रामबहादुर बम्जनलाई १० वर्ष कैद तथा ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको छ।
जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवन कुमार भण्डारीको इजलासले सोमबार अभियुक्त बम्जनविरुद्ध त्यस्तो फैसला गरेको अदालतका स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए।

विश्वकप जित्ने भारतीय क्रिकेट टोलीले पायो १२५ करोड भारु पुरस्कार

एजेन्सी
नयाँ दिल्ली । बीसीसीआईले टी–२० विश्वकप जित्ने भारतीय क्रिकेट टोलीलाई १२५ करोड भारतीय रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । बीसीसीआई सचिव जय शाहले सोसल मिडिया प्लेटफर्म एक्समा पोस्ट गर्दै यो जानकारी दिएका हुन्।
उनले लेखेका छन्, ‘आईसीसी पुरुष टी–२० विश्वकप २०२४ जित्ने टिम इन्डियालाई १२५ करोड रुपैयाँको पुरस्कार घोषणा गर्न पाउँदा म खुसी छु । भारतीय टोलीले प्रतियोगिताभरि असाधारण प्रतिभा, दृढ संकल्प र खेलकुद प्रदर्शन गरेको छ। यस अद्भुत उपलब्धिको लागि सबै खेलाडी, प्रशिक्षक र सहयोगी स्टाफलाई बधाई छ।’
बार्बाडोसमा भएको टी–२० विश्वकपको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै उपाधि जितेको हो । भारतीय टोलीले लगभग १७ वर्षपछि यो उपाधि जितेको हो । टी–२० विश्वकप जितेकोमा भारतीय टोलीलाई आईसीसीले करिब २० करोड भारतीय रुपैयाँ पुरस्कार दिएको छ ।

 

नेकपा एकीकृत समाजवादीको महाधिवेशन असार २० गते सँम्म चल्ने,

काठमाडौं छ। नेकपा एकीकृत समाजवादीको असार २० गते सम्म चल्ने महाधिवेशन आज पनि जारी छ । । हिजोबाट सुरु भएको महाधिवेशन आज पनि जारी रहने भएको हो ।
महाधिवेशनमा आजबाट बन्दसत्र सुरु हुनेछ । बन्दसत्रमा प्रतिवेदन पेस गर्ने र छलफल सुरुबताइएको छ ।
एकीकृत समाजवादीको १०औँ राष्ट्रिय महाधिवेशनमा एक हजार ८४७ प्रतिनिधि सहभागी हुनेआयोजकको भनाई छ । ।
योमहाधिवशेनमार्फत पार्टीका विभिन्न दस्तावेज पारितका साथै नयाँ नेतृत्व चयन गर्ने एकीकृत समाजवादीले जनाएको छ ।

 

प्रतिनिधि सभाबाट एकै दिन तीन विधेयक बहुमतले पारित

काठमाडौ । प्रतिनिधि सभा बैठकले तीनवटा विधेयक पारित गरेको छ ।
आईतवार बसेको प्रतिनिधि सभा बैठकले तीनवटा विधेयकहरुलाई पारित गरेको हो । प्रतिनिधि सभाबाट आर्थिक विधेयक २०८१, राष्ट्र ऋण उठाउने विधेयक २०८१ र भन्सार महसुल विधेयक २०८१ लाई बहुमतले पारित गरेको छ ।
यसअघि नै सरकारले पेश गरेको विनियोजन विधेयक, २०८१ पनि पारित भइसकेको छ ।

 

आज दिउसो ३ वजे देउवा निवासमा बैठक बस्दै

 

 

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक आज दिउसो ३ वजे का लागि बोलाएका छन् । बैठक बूढानीलकण्ठस्थित आफ्नै निवासमा बस्ने गरी देउवाले पदाधिकारी हरुलाई बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा पछिल्लो समसामयिक राजनीतिक विषय बस्तुबारे छलफल हुने उनले बताए । त्यस्तै, बैठकमा केन्द्रीय समिति बैठक, भातृ संगठनका पछिल्लो अवस्थाबारे छलफल हुने बताइएको छ । ‘ भातृ संस्थाको म्याद पनि असार १५ गते नै सकिएको छ ।
यसैबीच सभापति देउवाले सत्तारुढ मुख्य घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शनिबार दिउँसो झण्डै तीन घण्टा छलफल गरेका थिए । सो छलफल लगत्तै देउवाले आइतबार बैठक बोलाएका हुन्

पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलमा मूल्य बढेर आएको भन्दै निगमले मूल्य बढाएको हो ।
आइतबार बसेको निगम सञ्चालक समितिको बैठकले सोमबार बिहानदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाएको हो ।
मूल्य बढेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६४।५० रुपैयाँ र डिजेलको मूल्य १५४।५० रुपैयाँ कायम भएको छ । यस्तै दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६६ र डिजेलको मूल्य १५६ रुपैयाँ कायम भएको छ । यस्तै तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ र डिजेलको मूल्य १५७ रुपैयाँ कायम भएको छ ।
हवाई इन्धन र खाना पकाउन प्रयोग हुने एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमले जानकारी दिएको छ ।

बरिष्ठ गीतकारएवं टेक तामाङको ‘एउटा जून’ को म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । वरिष्ठ गीतकार एवं एआइजी टेक तामाङको शब्द रचनामा सिर्जित नयाँ गीत ‘एउटा जून’ हालै सार्वजनिक भएको छ । सार्वजनिक गीतमा वरिष्ठ सङ्गीतकार आलोकश्रीको सङ्गीत र नरेन्द्र वियोगीले सङ्गीत संयोजन गरेका छन् ।
गीतमा प्रयोग भएका शब्दहरूले प्रेम, समर्पण र जीवनको सुन्दरतालाई विशेष महत्त्व दिएका छन् । प्रल्हाद तिमल्सिनाको स्वरबद्व गीतको भावमा आकाशको जूनसँगै आफ्नो प्रेमीलाई तुलना गरेका छन् । गीतमा भनिएको छ,‘फुलहरूको सुन्दर फूल, गुलाबसँग तुलना गर्दै प्रेमीलाई प्रसङ्ग गरिएको छ ।’
सुव्रत आचार्यद्वारा निर्देशित यो गीतको भिडियोमा प्राकृतिक दृश्यहरू, प्यारो सम्बन्धको क्षणहरू र जीवनका विभिन्न रङ्गहरूको झल्को देखाइएको छ।

सुदामा ताजा समाचार

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि आगामी मंसिर २८ गते निर्वाचन हुने भएको छ । विभिन्न आन्तरिक कारणले...

राप्रपा महामन्त्री राणा चाडै सक्रिय हुने

सनत गिरी, काठमाडौं । क्यान्सर देखिएपछि भारतमा शल्यक्रिया गराएर राप्रपाका महामन्त्री धवलशमशेर राणा डिस्चार्ज भएका छन् । डिस्चार्जपछि उनी हाल भारतको मुम्बईमै स्वास्थ्यलाभ गरिरहेको राप्रपा...

दलहरुले यो विपद्मा न त चियापान नै गरे, न त बाढीपीडिहरुलाई...

सनत गिरी – काठमाडौं । यतिबेला देश दशैं र तिहारको माहोलमा छ । गरिबले जसो तसो दशैं मनाए, तिहार उनीहरुको कस्तो हुन्छ थाहा छैन...

संक्रमणकालीन न्याय सम्बन्धमा प्रमुख दलबीच सहमति

काठमाडौं । यतिबेला चर्चामा रहेकोसंक्रमणकालीन न्याय सम्पादनलाई निष्कर्षमा पु¥याउन प्रमुख तीन दलहरु सहमत भएका छन् । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग...

बीपी राजमार्गमा यात्रुले पाएको सास्ती

जी आचार्य गत असोज दोस्रो साता आएको अविरल वर्षाले अधिराज्यभर सामान्यदेखि मध्यमसम्मको क्षति पुर्याए पनि बीपी राजमार्गमा भने ठूलै क्षति पुर्याएको छ । यसै क्षतिका...