Page 6

प्रधानमन्त्री ओलीका मुद्दामा कांग्रेस मौन बस्दैन स् महामन्त्री शर्मा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको बारेमा विगतमा उठेका मुद्दामा काँग्रेस मौन नबस्ने बताएका छन् ।
शनिवार काठमाडौंमा एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री ओलीको नेतृत्वमा रहेको सरकारलाई सफल बनाउनका लागि काँग्रेसका सबैले साथ दिने बताए । उनले काँग्रेसका सांसदहरू उभिएर विश्वासको मत दिएका कारण विगतमा उठेका प्रश्नलाई लुकाउने प्रयत्नमा काँग्रेस नलाग्ने बताए ।
उनले सरकारले गर्ने कमजोरीमा आफूहरू मौन नबस्ने बताए । उनले सरकार बनाउन १३८ भए पुग्ने भएपनि संविधान संशोधनका लागि १८४ सांसद संख्या चाहिने भएकाले सबै राजनीतिक दलहरूलाई सँगै लिएर अघि बढ्न अहिलेको सरकारले सक्नुपर्ने बताए । काँग्रेस र एमालेले नेपाललाई एउटा नवीन सम्भावनाको बाटोमा लैजानुपर्नेमा जोड दिए ।
उनले भने ‘नेपालको सन्दर्भमा हामी अहिले वैकल्पिक राजनीति भन्दै गर्दा कम्युनिष्ट दर्शनले परिकल्पना गरेको चिज आजको सन्दर्भमा आउँदै गर्दा कहीँ न कहीँ मदन भण्डारीले भन्नुभएको बहुदलीय जनवादको बाटोमार्फतबाटै रूपान्तरणमा जाँदै गर्दा कम्युनिष्ट आन्दोलनले त्यो अपनाउँदा नेपालको समुन्नतिको सन्दर्भमा एउटा योगदान हुन्छ । अर्को बिर्सिनु नहुने तथ्य नेपालको कम्युनिष्ट आन्दोलनले बेला बेला अलि धङ्धङ्तीमा हुनुपर्छ वा बौद्धिकतामा हुनुपर्छ, वा आवेग, विचारमा हुनुपर्छ । के भनिदिनुहुन्छ भने कम्युनिष्ट आन्दोलनको निर्धारित कार्यभार पूरा भएको छैन । कार्यभार पूरा हुँदै गर्दा अमूर्त प्रकृतिको समाजवादको परिकल्पना बन्ने भन्दा नयाँ प्रकृतिको समाजवादको परिकल्पनामा जानुपर्छ भनेर डांं भट्टराईले भन्नुभएको सन्दर्भ यो पुस्तकमा रहेको छ । यो बेलामा नयाँ सरकार बनेको छ । नेपाललाई एउटा नवीन सम्भावनाको बाटोमा लिएर जाँदै गर्दा दुई ठूला दल मिलेर सरकार बनाएको बेलामा कतै प्रतिपक्षीय स्वर पो कमजोर हुन्छन् की भनेर आम बौद्धिक क्षेत्रमा चिन्ता छ । प्रतिपक्षमा रहेको माओवादी खरो ढंगले नै प्रतिपक्ष बन्छ । बन्नुपर्छ । राष्ट्रिय स्वतन्त्र पार्टी पनि बन्नुपर्छ ।

कमरेड केपी ओलीको नेतृत्वमा रहेको सरकारलाई सफल बनाउनका लागि हामी काँग्रेसका सबैले नै साथ दिन्छौँ । तर उत्तिकै खरो भूमिकाका साथ प्रधानमन्त्रीजीलाई कुनै छुट हुनेछैन की काँग्रेसका सांसदहरू उभिएर विश्वासको मत दिएका छाँै त्यसकारण तपाईँको बारेमा विगतमा उठाएका मुद्दा सबै थान्को लगाउँछौँ, त्यो बिलकुल होइन । उहाँको सन्दर्भमा सरकारले गर्ने कमजोरीमा मौन बस्छौँ, त्यो पनि हुँदैन । दुई दलले हेक्का राख्नुपर्ने विषय यो छ की, हामी दुई दल नै मिलेर सरकार बनाउन सक्छौँ, १३८ भए पुग्छ, तर संविधान बदल्न, संशोधन गर्न १८४ चाहिन्छ । सबैको साथमा राम्रो सहकार्य गरेर जानसक्ने क्षमता अहिलेको नेतृत्वले गर्नुपर्छ ।’
महामन्त्री शर्माले प्रतिपक्षी दलहरू संसदमा सरकारका कामकारबाहीप्रति खरो रुपमा उभिनुपर्ने बताए ।

 

दुई ठुला दल विचको विश्वास जनतामा गुम्न दिनुहँदैनःकांग्रेस महामन्त्री थापा

काठमाण्डौँ । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले एमालेसँग गरिएको सात बुँदे लिखित सहमति कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका छन् ।
महामन्त्री थापाले असार ६ गते भोलि प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत दिने क्रममा संसदमा सोबारे संसय नहुने गरी स्पष्ट धारणा राख्नुपर्ने समेत बताए । जय नेपाल फाउण्डेशनले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीबीच विगतमा पनि धेरैपटक धोकाधडीको राजनीति भएकाले सरकार आलोपालोमा चलाउने लगायतका दुई पार्टीबीच भएको लिखित ७ बुँदे सहमति कार्यान्वयन हुनेमा सबै मानिसमा संसय रहेको जिकिर गरे । उनले काँग्रेसले सो समझदारी कार्यान्वयन गरेर अघि बढ्ने विश्वास दिलाउँदै एमाले पनि सो विश्वास दिलाउनुपर्ने धारणा राखे ।
उनले भने ‘आजको रियालिटी के हो भने नेपाली काँग्रेस पार्टीले नेकपा एमालेसँग एउटा समझदारी गरेको छ । त्यो समझदारीको आधारमा हामी सत्तामा छौं । अब यसको पुष्टि हाम्रो याक्सनबाट हुनुपर्छ । हाम्रो कामबाट हुनुपर्छ । हामीले किन गर्‍यौँ ? भोलि प्रधानमन्त्रीले देशको नाममा सम्बोधन गर्दै हुनुहुन्छ । त्यसकारण अहिले धेरै कुरा भन्न उपयुक्त नहोला । किनकि उहाँले नै भन्नुहोला । भोलि हाम्रो समर्थनमा बन्ने प्रधानमन्त्रीले भोली राष्ट्रको नाममा अथवा विश्वासको मत लिँदै गर्दाखेरि, संसदमा आफ्नो विचार राख्दै गर्दाखेरि यतिवटा बुँदामा नेपाली काँग्रेस र नेकपा एमालेको बीचमा समझदारी भयो । सात बुँदाको बीचमा भनिरहेको छ । अव यो सात बुँदा के हो भन्ने बारे भोली त्यहाँ पढेर सुनाउनु पर्छ भन्ने म ठान्दछु । किन रु हामीले त पड्यौँ त्यसलाई । पढेकै आधारमा हामीले पार्टी भित्र निर्णय गर्‍यौँ । तर त्यो पढेकै आधारमा निर्णय गरेको हुनाले कम्तीमा त्यसको मर्यादा राखौँ भन्ने सोच्यौँ । र, स्वयं त्यसको एउटा हस्ताक्षरकर्ता आफै प्रधानमन्त्री बन्नु भएको हुनाले उहाँको जिम्मेवारी पनि हो । अवसर पनि हो । र मलाई त्यो विश्वास पनि छ । त्यसैको आधारमा हामीले २, ३ वटा कुरा गर्नुपर्ने छन् ।’
उनले भने ‘पहिलो कुरा हामीले स्थिरता दिने भन्यौ । किनभने नेपालमा सरकारहरू एकदमै बदलिए । अब हामी दुईवटा मिलेपछि २०८४ सालसम्म हामी तलमाथि गर्दैनौँ भन्यौ । र त्यसमा हामीले स्पष्टसँग के भनेका छौ भने एउटा चरणसम्म नेकपा एमालेका अध्यक्षको नेतृत्वमा सरकार रहन्छ । त्यसपछि नेपाली काँग्रेसका सभापतिको नेतृत्वमा सरकार रहन्छ । अव यसो मनमा कुरा गर्ने हो भने सबैको मनमा संसय छ । अहिले हामीले भाषणमा एउटा कुरा भन्यौ भने पनि यसो बाहिर एउटा कोठामा निस्केपछि अनि छोड्छ त भोली भनेको बेलामा रु ठ्याक्क हुन्छ त रु सबैको मनमा छ । हुन्छ होला त भन्छ । संसदमा ताली ठोकी राख्ने मनमा पनि खै, हुने को कि नहुने हो , भन्न त भनेका छन । किनकि एकले अर्कोलाई यति पटक ढाँटिसकिएको छ । उसले उसलाई ढाँटेको छ । उसले उसलाई ढाँटेको छ । उसले उसलाई छक्क्याएको छ । म त त्यो पार्लियामेन्टको यसो बस्दैगर्दाखेरी मेरै आँखा अगाडि अहिले हस्ताक्षर गर्ने मानिसहरूको एकले अर्कालाई ढाँटेको गन्ने हो भने १५, १६ पटक पुग्दो रहेछ । अनि झुक्किँदो रहेछ, पहिले उसले मलाई ढाँटेको कि मैले उसलाई भनेर । यो स्थितिमा हामीहरू दुईटा पार्टी यहाँ आएको स्थिति छ । अब यो तहको अविश्वास, हस्ताक्षर गर्नेमा पनि अविश्वास छ । त्यो हस्ताक्षर गरेको निर्णय ठिक छ भन्नेबीच पनि अविश्वास छ ।’ उनले भने ।
उनले भने ‘हप्ता, दुई हप्तामा आएर प्रचण्डजीले हामी ठिक छौं भन्ने जुन परिस्थिति बनेको थियो । पहिलो कुरा यो सरकार अथवा हाम्रो बीचको यो समझदारी सबै संसयहरुबाट मुक्त हुनुपर्छ । नेपाली काँग्रेसको तर्फबाट हामी यो कुरामा निर्धक्कताका साथ भन्न सकिन्छ । म पार्टीकै जिम्मा लिएर भन्न सक्छु कि अहिले नेकपा एमालेसँग हामीले हाम्रा कारणले गर्दाखेरि त्यो समझदारी कहीँ पनि तलमाथि हुँदैन । अहिले २ वर्ष नेकपा एमालेका अध्यक्षज्यूको नेतृत्वमा सरकार चलाउने भनेर जुन भनिएको छ । हाम्रो कारणले, हामीले चकचक गरेर, हामीले लोभ गरेर, यता उता हात लम्काएर यो दुई वर्ष उहाँले सरकार चलाउने कुराको सन्दर्भमा कहीँ पनि हाम्रो कारणले तलमाथि हुँदैन । यो कुरा कुरा हामीले फेरी पछिल्लो समय प्रमाणित गरेर आएका छौं ।’

उनले भने ‘तपाईँहरूले सम्झनु भएको नै होला । ओलीजीले केही समय अघि प्रचण्डजीलाई विश्वासको मत दिने बेलामा संसदको रोष्टममा उभिएर हाम्रो सभापतितर्फ देखाउँदै तपाई र म बीच कुरा पनि गर्न नहुने भनेर भन्नुभएको सन्दर्भ एउटा उहाँको भाषा हो । मेरो भाषा होइन । तपाईँहरूले त्यो पक्कै पनि सम्झनु भएको छ । त्यसको आशय के थियो भने उहाँले प्रचण्डसँग लिखित सहमति गरेकाले त्यसपछि पछि हट्न सक्दिन । यो पटक पनि त्यही हो । अहिले चाहिँ प्रचण्डजीले अलि बढी माया प्रेम हामीतिर देखाउनु भयो । यस्तो चलिराख्छ त्यहाँ भित्र । त्यसकारण यसमा नेपाली काँग्रेस कुनै अलमलमा पर्दैन । नेपाली काँग्रेसले यो पटक जे लिखित समझदारी गरेको छ । त्यसमा तलमाथि केही पनि गर्दैन । यस्तै अपेक्षा हामी नेकपा एमालेबाट पनि गर्छौ । यो नेताहरूप्रति विश्वासीयताको ठूलो परीक्षा छ यस पटक । काँग्रेस एमाले बीच जुन हस्ताक्षर गरिएको छ–सरकार आलोपालो चलाउने, यो गर्ने उ गर्ने भनेर भन्ने कुरा छ । यो तलमाथि हुँदै गर्दाखेरि यो अन्तिम भनेपनि हुन्छ । पार्टी भित्र अहिले हाम्रो सभापतिजी हुनुहुन्छ । ओलीजी अध्यक्ष रहनुभएको एमाले छ । उहाँहरुले हस्ताक्षर गर्नुभएको हो यो । उहाँहरू एक अर्काबीच यति धेरै धोकाधडी भइसकेको छ कि मानिसहरूको मनमा संसय छ । तर यो उहाँहरुले प्रमाणित गर्नु पर्छ । काँग्रेसको तर्फबाट हामी प्रमाणित गर्छौ । नेकपा एमालेका तर्फबाट गर्ने काम उहाँहरूको हो ।’
महामन्त्री थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अन्य दललाई सधैँभरि झुक्क्याउन सक्छु भन्ने भ्रम र चकचकको कारणले काँग्रेस र एमालेले मिलेर सरकार बनाउनुपर्ने अवस्था आएको पनि उल्लेख गरे । उनले आफू भने एमाले माओवादीसहितका दलहरू मिलेर बनेको सरकारलाई चलाउने पक्षमा नभएपनि दाहाल स्वयंले नयाँ सरकार बनाउने परिस्थिति निर्माण गरेको बताए ।

महामन्त्री थापाले भने ‘नेपाली काँग्रेसले एउटा निर्णय गरेको छ–यो यो कारणले गर्दा हामी नेपाल कम्युनिष्ट पार्टी एमाले जो हाम्रो संसदको प्रतिस्पर्धी पनि हो । हाम्रो जत्तिकै साईज भएको अर्को दल पनि हो । जो सँग भोली हामीले प्रतिस्पर्धा पनि गर्नुपर्नेछ । आज विशिष्ट भएकाले हामी सत्ताको साझेदारी गर्छौंं भनेर निर्णय गरेका कुरा भन्ने मात्रै होइन, त्यो गरेको कुरालाई पुष्टि गर्ने काम पनि हाम्रो हो । म त माओवादी र एमाले मिलिसकेपछि माओवादी, एमाले, घण्टीमण्टी सबै मिलेर सरकार चलाउन अहिले । २०८४ सालसम्म हामी थपक्क प्रतिपक्षमा बस्नुपर्छ भन्ने नै मेरो सोच थियो । मेरो सोच पनि त्यही थियो । र त्यही सोच अनुसार हिँड्छ भन्ने पनि थियो । त्यो बाटो हिँडोस् भन्ने पनि थियो । मज्जाले २०८४ सम्म प्रतिपक्षमा नै बसौँ । उहाँहरुले नै सरकार चलाउनुस् हामी प्रतिपक्षमा बसेर पार्टीलाई संगठित गरौं, जनताको मुद्दासँग जोडिऔँ । यस्तो अवस्था बनाउकी हामी कोहीसँग पनि नटासिकन अरु सबै टाँसिएर, जोडिएर एउटै भएछन् भने पनि त्यसलाई परास्त गर्न सक्ने पार्टी सांगठानिक, वैचारिक तागत निर्माण गर्नु पर्छ भन्ने नै मेरो आफ्नो सोचाई थियो । तर एउटा यस्तो परिस्थिति बन्यो, यो परिस्थितिको बारेमा भोली अरु कुराहरू पनि पटाक्षेप हुँदै जालान् ।

तर मलाई अहिले म जिम्मेवारीमा भएको हुँदा नेपालको राजनीतिलाई नजिकबाट नियाल्ने, नेताहरूको विषयवस्तुलाई पनि नजिकबाट हेर्ने अवसर प्राप्त गरेँ, गरिराखेको छु । त्यसको आधारमा म के भन्न सक्छु भने अहिले पछिल्लो समयमा म सबैलाई सदैभरि झुक्याउन सक्छु भन्ने भ्रम पुष्पकमल दाहाल प्रचण्डले नपाल्नुभएको भए अहिले यतिखेर सरकारहरू बदलेर नयाँ सरकार बन्दैन थियो । पुष्पकमल दाहाल नेकपा माओवादीको अध्यक्षको एकदमै धरै बढी चकचकको कारणले गर्दाखेरि नै एउटा यो परिस्थिति निर्माण भयो । यो परिस्थिति आयो । यो परिस्थितिमा काँग्रेस र एमालेको बीचमा एउटा साझेदारी निर्माण भयो ।’

महामन्त्री थापाले दुई ठूला दलहरूको विश्वास जनतामा गुम्न नदिन पनि दुवै दलबीच भएको सहमति कार्यान्वयनमा आशंका गर्ने अवस्था आउन दिन नहुने तर्क गरे ।

कांग्रेस संसदीय दलको बैठक भोलि १२ बजे लोत्सेहलमा बस्दै

काठमाण्डौं । सत्तारुढ घटक नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।
भोलि आइतबार मध्यान्ह १२ बजेका लागि बोलाइएको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्नेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुभन्दा अगाडि बस्ने बैठकमा सरकार, संसद् र समसामयिक राजनीतिको विषयमा छलफल हुनेकांगे्रस श्रोतले जनाईएको छ ।

एआईको विषयमा कार्यपत्र लिएर आृउनुहोस सरकार नीतिगत कुरा गर्न तयार छ ः

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधिको क्षेत्रमा आएको क्रान्तिलाई मुलुकको समृद्धिको आधार बनाउने काममा सरकारले सवैको सहयोगको अपेक्षा गरेको बताउनु भएको छ ।
क्यान महासंघका अध्यक्ष रणजीतकुमार पोदारको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँग आज मन्त्रालयमा छलफल गर्दै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले यस्तो धारणा राख्नुभएको हो ।
सो क्रममा मन्त्री गुरुङले सूचनाको क्षेत्रमा आएको क्रान्ति र र्टिफिसियल इन्टेलीजेन्स एआई को सुरुवातसँगै देखिएको चुनौतीलाई समेत मध्यनजर गरी सरकारले आफ्नो नीतिगत सुधार र ब्यवस्थापनको काम अघि बढाउने जानकारी दिनुभयो ।
क्यान महासंघका पदाधिकारीसँगको छलफलमा मन्त्री गुरुङले आफूले पदबहालीकै क्रममा डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गरेर सूचना प्रविधि सम्बद्ध निकायको पुनर्संरचना गर्न कार्यदल गठनको निर्णय लिएको स्मरण गर्नुभयो । मन्त्री गुरुङले क्यान महासंघलाई आर्टिफिसियल ईन्टेलिजेन्सको बिषयमा कार्यपत्र लिएर आउन आग्रह पनि गर्नुभयो ।
‘आर्टिफिसियल इन्टेलिजेन्स एआई को बिषयमा कार्यपत्र लिएर आउनोस, आवश्यक नीतिगत कुरा गर्न सरकार तयार छ,’ मन्त्री गुरुङले भन्नुभयो । यस्तै उहाँले सरकार नीजि क्षेत्रमैत्री रहेको र मुलुकमा सकारात्मक परिणाम निकाल्नका लागि सहकार्य गर्न चाहिरहेको जानकारीसमेत दिनुभएको थियो ।
मन्त्री गुरुङसँग आज अध्यक्ष पोदार, महासचिव चिरञ्जिबी अधिकारीसहित पदाधिकारीले मन्त्रालयमा भेट गर्नुभएको हो । सो क्रममा भेटघाटमा क्यान महासंघका अध्यक्ष पोदारले सूचना प्रविधी क्षेत्रका बजेटको कार्यान्वयन यसका प्रभाकारिकताको विषयमा ध्यानाकर्षण गराउनु भयो ।

एआईको विषयमा कार्यपत्र लिएर आउनुहोस ः सञ्चार मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधिको क्षेत्रमा आएको क्रान्तिलाई मुलुकको समृद्धिको आधार बनाउने काममा सरकारले सवैको सहयोगको अपेक्षा गरेको बताउनु भएको छ ।
क्यान महासंघका अध्यक्ष रणजीतकुमार पोदारको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँग मन्त्रालयमा छलफल गर्दै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले यस्तो धारणा राख्नुभएको हो
सो क्रममा मन्त्री गुरुङले सूचनाको क्षेत्रमा आएको क्रान्ति र आर्टिफिसियल इन्टेलीजेन्स एआई को सुरुवातसँगै देखिएको चुनौतीलाई समेत मध्यनजर गरी सरकारले आफ्नो नीतिगत सुधार र ब्यवस्थापनको काम अघि बढाउने जानकारी दिनुभयो ।
क्यान महासंघका पदाधिकारीसँगको छलफलमा मन्त्री गुरुङले आफूले पदबहालीकै क्रममा डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गरेर सूचना प्रविधि सम्बद्ध निकायको पुनर्संरचना गर्न कार्यदल गठनको निर्णय लिएको स्मरण गर्नुभयो । मन्त्री गुरुङले क्यान महासंघलाई आर्टिफिसियल ईन्टेलिजेन्सको बिषयमा कार्यपत्र लिएर आउन आग्रह पनि गर्नुभयो ।

‘आर्टिफिसियल इन्टेलिजेन्स एआई को बिषयमा कार्यपत्र लिएर आउनोस, आवश्यक नीतिगत कुरा गर्न सरकार तयार छ,’ मन्त्री गुरुङले भन्नुभयो । यस्तै उहाँले सरकार नीजि क्षेत्रमैत्री रहेको र मुलुकमा सकारात्मक परिणाम निकाल्नका लागि सहकार्य गर्न चाहिरहेको जानकारीसमेत दिनुभएको थियो ।

मन्त्री गुरुङसँग आज अध्यक्ष पोदार, महासचिव चिरञ्जिबी अधिकारीसहित पदाधिकारीले मन्त्रालयमा भेट गर्नुभएको हो । सो क्रममा भेटघाटमा क्यान महासंघका अध्यक्ष पोदारले सूचना प्रविधी क्षेत्रका बजेटको कार्यान्वयन यसका प्रभाकारिकताको विषयमा ध्यानाकर्षण गराउनु भयो ।

 

 

प्रधानमन्त्री साउन ७ गते प्रश्नो उत्तर कार्यक्रममा सहभागी हुने ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ७ गते प्रश्नोउत्रर कार्यक्रममा सहभागीभई सांसदहरूको प्रश्नको जवाफ दिने भएका छन ।
प्रधानमन्त्री बनेपछि पहिलो पटक प्रधानमन्त्री ओलीले संसदको प्रश्नोत्तरमा सहभागी हुन लागेका हुन ।
सभामुख देवराज घिमिरे र प्रमुख सचेतकहरूबीच प्रधानमन्त्री ६ गते विश्वास मत लिने र ७ गते प्रश्नोउत्तर गर्ने कार्यक्रम तय भएको जानकारी दिइएको हो ।

 

कति होला सैनिक कल्याणकारी कोषमा नगद मौज्दाद ?
काठमाडौँ ।नेपाली सेनाका सकल दर्जा, अवकाश प्राप्त सैनिक र आश्रित परिवारको बृहत् हितका लागि स्थापित सैनिक कल्याणकारी कोषमा गत असार मसान्तसम्म ७५ अर्ब ९० करोड ८८ लाख नगद मौज्दात रहेको सेनाले जनाएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा सैनिक कल्याणकारी निर्देशनालयका निर्देशक सहायक रथी किरण केसीले २०८० असार मसान्तमा कोषको नगद मौज्दात ७१ अर्ब पाँच करोड ६१ लाख रहेकामा यस वर्ष चार अर्ब ८५ करोड २७ वृद्धि भएको जानकारी दिए ।
कोषअन्तर्गतका विभिन्न निकायमा गत असार मसान्तसमम गरिएको लगानी छ अर्ब ७९ करोड ८६ लाख लेखापरीक्षणअगावैलाई समेत समावेश गर्दा कोषको यथार्थ सम्पत्ति रु ८२ अर्ब ८८ करोड ७४ लाख पुग्ने उनले जानकारी दिए ।
कोषमा मुख्यगरी संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वका विभिन्न मुलुकमा शान्ति स्थापनार्थ खटिइएका सेनाका जटिल परिस्थितिमा कामगरेबापत राष्ट्र सङ्घबाट प्रदान गरिने भत्ता रकमबाट केही अंश कट्टागरी जम्मा गरिँदै आइएको छ । यस्तै बैंक तथा वित्तीय संस्थामा निक्षेप गरिएको रकमबाट प्राप्त हुने व्याज, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान, विद्यालय महाविद्यालयको शिक्षण शुल्क, परिवार आवास भाडाबापतको रकम, आयमूलक परियोजनाबाट प्राप्त रकम, विदेशी मुद्रा सटही प्रिमियम र मेडिकल सेवा उपलब्ध गराउने टिकटबाट प्राप्त रकम कोषमा जम्मा गरिने सेनाले जनाएको छ ।
सेनाले काल्याणकारी कोषको रकमबाट शिक्षा, स्वास्थ्य, सीप तथा रोजगार र सुविधा तथा सहुलियतजस्ता कल्याणकारी कार्य गर्दै आइरहेको छ । कोषबाट आर्थिक वर्ष २०८०र८१ मा छ लाख ३२ हजारभन्दा बढीले स्वास्थ्य सेवा तथा १८ हजार सात सय ४८ जनाले कृषि तथा व्यावसायिक पशुपन्छी, तरकारीखेती, लघुउद्यमशील तालिम लिइ स्वरोजगार र रोजगारी प्राप्त गरेका छन् ।
कोषको जोखिममा रहेको निक्षेप रकमलाई उल्लेख्य मात्रामा घटाइएको सहायक रथी केसीले जानकारी दिए । विगतका वर्षमा जोखिममा रहेको निक्षेप रकम ८५ करोडलाई घटाएर पाँच करोड दुई लाखमा झारिएको उनको भनाइ छ । विभिन्न अदालतमा मुद्दा विचाराधीन रहेका कारणले निक्षेप रहेको बैंक तथा वित्तीय संस्थाबाट असुली हुन नसकेको केसीले स्पष्ट पारे ।

कोष र अन्तर्गतका निकायको फछ्र्योट गर्न बाँकी बेरुजु आठ करोड चार लाख ३७ हजार रहेकामा गत जेठ मसान्तसम्म तीन करोड २६ लाख ३६ हजार फछ्र्योटगरी लगत कट्टाका लागि अनुरोध गरिएको निर्देशनालयले जनाएको छ । बाँकी बेरुजु रु चार करोड ७७ लाख ७४ हजार फछ्र्योटका क्रममा रहेको निर्देशक केसीले जानकारी दिए ।
६०वर्षमा डेढ लाख शान्ति सैनिक खटिइए

शान्ति स्थापना कार्यमा नेपाली सेनाको प्रारम्भदेखि हालसम्म कुल एक लाख ५२ हजार आठ सय १८ शान्ति सैनिकले विभिन्न ४४ वटा शान्ति मिसनमा सहभागिता जनाएका सेनाले जनाएको छ । विसं २०१५ जेठ ३० गते लेबनानबाट शान्ति स्थापना कार्य मिसनमा सहभागिता जनाएको थियो ।
हाल ११ वटा शान्ति मिसनमा नेपाली सेनाका पाँच हजार नौ सय १६ शान्ति सैनिक तैनाथ रहेको सेनाले जनाएको छ । हालसम्म दुई हजार सात सय सात नेपाली महिला सैनिकले शान्ति स्थापना कार्यमा सहभागिता जनाएका छन् ।
सेनाले हालसम्म एक हजार चार सय ११ किलोमिटर सडकको ट्रयाक खोली सडक विभागलाई हस्तान्तरण गर्नुका साथै ३८ वटा बेलिबृज जडान गरेको छ । सेनाको प्रत्यक्ष व्यवस्थापनमा अहिले तीन वटा राष्ट्रिय गौरवका आयोजना तथा दुई वटा पहिलो प्राथमिकता प्राप्त सडक आयोजना निर्माण भइरहेको छ । सो सडकको कूल लम्बाई दुई सय ७४ किलोमिटर रहेको छ । सेनाले खाँदबारी किमाथाङ्का च्याम्ताङ्ग–घोंघप्पा खण्ड कर्णाली करिडोर, बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ, दार्चुला–टिङ्कर सडक निर्माण गरिरहेको छ ।
पत्रकार सम्मेलनमा युद्धकार्य निर्देशनालयका निर्देशक सहायक रथी रवीन्द्र खत्री, शान्ति कार्य निर्देशनालयका निर्देशक सहायक रथी प्रेमबहादुर पुन, काठमाडौँ–तराई–मधेस द्रूतमार्ग सडक आयोजनाका प्रमुख सहायक रथी विकास पोखरेल, विकास निर्माण निर्देशनालयका निर्देशक महासेनानी धर्मेन्द्रकुमार झालगायतले आआफ्नो जिम्मेवारी क्षेत्रको प्रगति विवरण प्रस्तुत गरेका थिए ।

सम्बन्धित समाचार

आज बजार चलायमान बनाउने गरी मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्रबैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी गरेको छ । बजार चलायमान बनाउने गरी मौद्रिक नीति ल्याउने तयारी राष्ट्र बैंकको छ ।
अर्थतन्त्रमा चलायमान हुन नसकिरहेको अवस्थामा बजार चलायमान बनाउने मौद्रिक नीतिको मस्यौदा तयार भइसकेको छ । गभर्नर महाप्रसाद अधिकारीले आज राष्ट्र बैंक बोर्ड बैठकसमेत डाकेका छन् । बिहान ८ बजे डाकिएको सञ्चालक समिति बैठकमा मौद्रिक नीति र अन्य एजेन्डाका बारेमा छलफल हुने छ । बिहानको छलफल नसकिए दिउँसो पुन ः छलफल गरी साँझसम्म सार्वजनिक गर्ने तयारी राष्ट्र बैंकको छ ।

मौद्रिक नीति आर्थिक गतिविधि चलायमान बनाउनेमा नै केन्द्रित रहेको स्रोतले दाबी गरेको छ । मौद्रिक नीतिलाई बाँधेर राखेको नियामकीय नीतिमा आवश्यक परिमार्जन गर्नेमा मौद्रिक नीति लक्षित रहेको बताइएको छ ।
ब्याजदर घटेको र बजारमा अधिक तरलता भएकाले राष्ट्र बैंकले तरलता खिच्ने ठूलो लागत खर्च गर्नुपर्ने अवस्था छ । रिकभरी दबाबमा रहेका बैंकहरूको कर्जा विस्तार पनि नहुँदा मुनाफाको दबाबमा छन् । यस्तोमा अहिले बजार चलायमान बनाउने नीति नै चाहिने माग हुँदै आएको छ ।
राष्ट्र बैंकले बैंकहरूको सम्पत्तिको वर्गीकरणसम्बन्धी व्यवस्थामा समेत परिमार्जन हुनसक्ने बताइएको छ ।

अहिले भाखा ननाघेको वा १ महिनासम्म भाखा नाघेको कर्जालाई असल, १ देखि ३ महिना भाखा नाघेको कर्जालाई सूक्ष्म निगरानी, त्यसभन्दा माथि भाखा नाघेको कर्जालाई निष्क्रिय वर्गमा वर्गीकरण हुन्छ । निष्क्रिय कर्जामा पनि ३ देखि ६ महिनासम्म भाखा नाघेको कर्जा कमसल, ६ देखि १ वर्ष भाखा नाघेको कर्जा शंकास्पद र १ वर्षभन्दा माथि भाखा नाघेको कर्जा खराब वर्गमा वर्गीकरण हुन्छ । यसरी वर्गीकरण भएको कर्जामा ऋणीले बक्यौता रकम भुक्तानी गरे पनि उक्त रकम भुक्तानीपछि लगातार ६ महिना किस्ता वा ब्याज नियमित भएको अवस्थामा मात्रै त्यस्तो कर्जालाई असल वर्गमा वर्गीकरण गरी प्रोभिजन राइटब्याक गर्न पाइने व्यवस्था छ । यसले अहिले चुनौतीपूर्ण अवस्था र बैंकहरूको बिग्रिएको वित्तीय विवरणमा बक्यौता उठेको कर्जामा समेत प्रोभिजन राइटब्याक गर्न नपाउँदा समस्या भएको भन्दै त्यसमा पुनरावलोकन गर्न बैंकरले माग गर्दै आएका छन् । त्यसमा समेत सकारात्मक छलफल भएको बताइएको छ ।

बैंकहरूको बजारमा कर्जा प्रवाह गर्नसक्ने अवस्था सिर्जना गर्न आवश्यकता अनुसार केही कर्जाको जोखिम भारमा समेत पुनरावलोकन गर्ने केन्द्रीय बैंकको तयारी छ । ५० लाखभन्दा माथिको सेयर धितो कर्जामा १२५ प्रतिशत रहेको जोखिम भार घटाउने, ट्रस्ट रिसिप्ट लगायतका आयात कर्जाको जोखिम भार घटाएको अवस्थामा पनि कर्जा लगानीका लागि केही आधार बन्नसक्ने बैंकर्स बताउँछन् ।

 

 

द द्वारिकाज होटलकी सञ्चालकको निधन

काठमाडौं । काठमाडौंको बत्तीसपुतलीमा रहेको हेरिटेज होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको ९२ वर्षको उमेरमा निधन भएको छ। पारिवारीक स्रोतका अनुसार ललितपुरस्थित मेडिसिटी हस्पिटलमा निधन भएको हो ।
उक्त अस्पतालमा दुई महिनोखि उनले निमोनिया र बाथरोगको उपचार गराइरहेकी थिइन् । स्वर्गीय श्रेष्ठ १ छोरी र दुई नातिसँग बस्दै आएकी थिइन् । उनका श्रीमान् द्वारिकादास श्रेष्ठको सपना पूरा गर्नकै लागि उनले द्वारिकाज होटल सञ्चालनमा ल्याएकी थिइन्। सन् १९६४ बाटै भवन निर्माण गर्न थाले पनि सन् १९७७ मा द्वारिकाज होटल दर्ता गरेकी थिइन्।
उनी गोर्खा दक्षिणबाहु चौथो, त्रिशक्तिपट्ट, स्पेनबाट गोल्डेन माइक लगायतका पदकबाट सम्मानित समेत भएकी थिइन्।

 

प्रधानमन्त्रीको दुई सल्लाहकारनियुक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले एमालेका नेता विष्णु रिमाललाई प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो ।
यस्तै बैठकले प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा डा.युवराज खतिवडालाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

यस्तै बैठकले मन्त्रिपरिषद् अन्तर्गतको विभिन्न ५ वटा समितिहरू समेत गठन गर्ने निर्णय गरेको मन्त्री गुरुङले बताए । बैठकले राजनीतिक समितिको संयोजकमा उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई तोकेको छ भने प्रशासन समितिमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ, सामाजिक समितिको संयोजकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारी रहेका छन् ।

यस्तै विधेयक समितिको संयोजकमा गृहमन्त्री रमेश लेखक रहनेछन् भने आर्थिक पूर्वाधार समितिको संयोजकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल रहेको सञ्चारमन्त्री गुरुङले जानकारी दिए ।

सम्बन्धित समाचार

सुदामा ताजा समाचार

मुलुकलाई समृद्ध, सुशासित र भ्रष्टाचार मुक्त बनाउन सबैक्षेत्रको सक्रिय भूमिका आवश्यकःसभामुख...

काठमाडौँ, जेठ १६ गते । सभामुख डोलप्रसाद अर्यालले मुलुकलाई समृद्ध, सुशासित र भ्रष्टाचारमुक्त बनाउन सबै क्षेत्रको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभएको छ । शनिबार काठमाडौँमा...

इलाममा बृहत् च्याब्रुङ नाच प्रदर्शन,बजाइए ५ सय भन्दा बढी च्याब्रुङ बाजा

इलाम, जेठ १६ गते । लिम्बू जातिको कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले इलामको माङ्सेबुङ गाउँपालिकामा ‘केलाङ प्रदर्शनी’ गरिएको छ । माङ्सेबुङमा रहेको प्रमुख...

प्रचण्ड मेडिसिटी अस्पताल भर्ना

पूर्व प्रधानमन्त्री तथा नेपाली कम्यूनिष्टपार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ भई अस्पताल भर्ना भएका छन्। विगत दुई—तीन दिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शनिबार बिहान...