राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले नवनियुक्त मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुनुपर्ने बताएकी छन् ।
२१ जना मन्त्रीहरूले शपथ लिएर पदभार ग्रहण गरेका छन्। अपराह्न बसेको प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोलेकी सांसद गौतमले मन्त्रीहरूले नियमअनुसार सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने बताइन्।
‘सुशासनका मुद्दामा हामी सरकारलाई सहयोग गर्न चाहन्छौं। प्रारम्भमै सरकारबाट हामी के अपेक्षा गर्छौं भने, मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिनुस्। यो नियमअनुरूप नै हामीले गर्नुपर्ने हुन्छ, त्यसकारण मन्त्रीहरूबाट अपेक्षा गर्छु’ उनले भनिन्।
उनले प्रधानमन्त्रीको सफलता भनेको देशको सफलता हुने भएकोले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकाल सफलताको शुभकामनासमेत दिएकी छन्।
‘सुशासनका मुद्दामा हामी तपाईंहरूलाई पूर्ण रूपमा सहयोग गर्छौं। तर भ्रष्टाचारका मुद्दामा हामी फेरि पनि खरो उत्रनेछौं,’ उनले भनिन्।
नवनियुक्तमन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गरी दिनुहोस् ः सांसद गौतम
गृहमन्त्रीद्धारा छवि रिजालको नेतृत्वमा पाँच सदस्यीयकार्यदल गठन
काठमाडौं । नवनियुक्त गृहमन्त्री रमेश लेखकले सिमलतालमा गत शुक्रबार भएको बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल गठन गरेका छन् । सोमबार मन्त्रीमा नियुक्ती भएलग्नै पदभार ग्रहण गर्दै मन्त्री लेखकले सहसचिव छवि रिजालको नेतृत्वमा कार्यदल बनाउने निर्णयमा हस्ताक्षर गरेका हुन् ।
गठीत कार्यदलमा ३ सुरक्षा निकायका ३ जना, भौतिक मन्त्रालयका १ जना र सहसचिव रिजाल गरी ५ जना रहेका छन् । उक्त बस दुर्घटनाको अध्यन गर्न कार्यदललाई १० दिन समय निर्धारण गरिएको छ ।
नवनियुक्त प्रधानमन्त्री तथा मन्त्रीहरुद्धारा तीन शीर्ष नेताहरुको तस्बिरमा माल्याणर्पण
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका तीन शीर्ष नेताको तस्बिरमा माल्यार्पण गरेका छन्।
राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएपछि ललितपुरको च्यासलस्थित नेकपा एमाले को केन्द्रीय कार्यालय पुगि उनले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठ, एमालेका पूर्वअध्यक्ष मनमोहन अधिकारी तथा पार्टीका तत्कालीन महासचिव मदन भण्डारीको तस्बिरमा माल्यापर्ण गरेका हुन् ।त्यसै गरी
प्रधानमन्त्री ओलीसँगै पार्टी कार्यालय पुगेका नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, रक्षामन्त्री मानविर राई र सामान्य प्रशासन तथा सङ्घीय मामिलामन्त्री रामकुमार गुप्तासमेतले उनीहरुको तस्बिरमा माल्यार्पण गरेका छन्
माल्यार्पणपछि प्रधानमन्त्री ओलीलाई एमालेका नेता तथा कार्यकर्ताले पुष्पगुच्छा, खादासहित बधाई तथा शुभकामना दिएका थिए । सो अवसरमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, महासचिव शङ्कर पोखरेललगायत पार्टीका नेता तथा कार्यकर्ताले प्रधानमन्त्री ओलीलाई बधाई दिएका थिए । त्यसअघि प्रधानमन्त्री ओलीले लैनचौरस्थित सहिदहरुको शालिकमा माल्यार्पण गरेका थिए ।
आज नवनियुक्त प्रधानमन्त्री र मन्त्रीहरुको शपथ गाराईदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शपथ लिदै छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीलाई बिहान ११ बजे पद तथा गोपनियताको शपथ गराउने कार्यक्रम तय गरिएको छ । आजै नवनियुक्त मन्त्रीहरुले पनि शपथ दिलाउने तयारी गरिएको छ ।
आइतबार राष्ट्रपति पौडेलले संबिधानको धारा ७६ को उपधारा २ अनुसार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त्त गरेका थिए ।
ओली चौथो पटक प्रधानमन्त्री बनेका हुन् । उनी पहिलो पटक २०७२ असोज २५ गते प्रधानमन्त्री बनेका थिए भने दोस्रो पटक २०७४ फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका थिए । त्यस्तै उनी तेस्रो पटक २०७८ बैशाख ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए
तत्कालिन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले शुक्रबार नै संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार ढलेको थियो । त्यसपछि राष्ट्रपति पौडेलले संबिधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थन लिएर सरकार बनाउन दाबि पेश गर्न आइतबार ५ बजेसम्मको समय दिएका थिए ।
ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि कांग्रेस र एमाले सोमबार बिहाननै मन्त्रीहरुको पनि शपथ गराउने तयारीमा रहेका छन् । अहिलेसम्म कांग्रेस(एमालेले मन्त्रीहरुको छनौट गर्ने क्रममा रहेका छन् । अहिलेसम्म कांग्रेसबाट प्रकाशमान सिंह, रमेश लेखक, आरजु राणा, प्रदीप पौडेल लगायतको मन्त्री बन्ने चर्चा छ भने एमालेबाट विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, छविलाल विश्वकर्मा, योगेश भट्टराई, कृष्ण गोपाल श्रेष्ठ, जुली महतो, विद्या भट्टराई र दामोदर भण्डारीलाई मन्त्री बनाउने निर्णय गरेको छ।
।
सिमलताल दुर्घटनाका शव धमाधम भेटींदै
चितवन । चितवनको सिमताल दुर्घटनामा परेका यात्रुहरुको शव भेटीने क्रम जारी छ । अहिलेसम्म १२ जनाको शव नारायणी नदी किनारमाभेटिएको छ ।
गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुहरु खोज्ने क्रममा अहिलेसम्म १२ वटा शव भेटिएको प्रहरीले जानकारी दिएको छ । नारायणी नदी हुँदै त्रिवेणीको गण्डक व्यारेज भएर भारतको वाल्मीकि नहरमा पुगेको अवस्थामा आइतवार चार वटा शव भेटिएको छ । ती शव पनि सिमलताल दुर्घटनामा परेका यात्रुकै हुन सक्ने अनुमान छ । नहरमा भेटिएका दुई वटा पुरुषको शव चितवन पठाइएको छ भने दुई वटा शव आज निकालेर पठाइने नवलपरासी प्रहरीले जनाएको छ ।
अहिलेसम्म पाँच जनाको सनाखत भएको र ७ जनाको सनाखत हुन बाँकी रहेको छ ।
काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा शुक्रबार बिहान दुवै बस त्रिशूलीमा बगेका थिए ।
गौरतर्फ गइरहेको बसमा २७ जना र र वीरगंजबाट काठामाडौँतर्फ गइरहेको बसमा ३८ जना बेपत्ता भएका थिए । जसमा तीन जना सकुसल बचेका थिए भने ६२ जना बेपत्ता रहेका छन् । अहिलेसम्म पनि बस भेटिएको छैन र त्रिशुली नदीमा खोजीकार्य जारी रहेको छ ।
स्पेनले इङल्याण्डलाई २–१ गोल अन्तरले पराजित गर्यो
काठमाडौँ । स्पेनले युरोकपको उपाधि जितेको छ । आइतबार राति सम्पन्न फाइनल खेलमा स्पेनले इङल्याण्डलाई २– १ गोल अन्तरले पराजित गरेको हो ।
स्पेनको जितमा निको विलियम्स र मिकेल ओयारजाबालले एक एक गोल गरेका थिए । विलियम्सले खेलको ४७औ मिनेट र मिकेलले ८६औँ मिनेटमा गोल गरेका थिए ।
त्यस्तै इङल्याण्डका लागि एक गोल कोल पाल्मरले खेलको ७३औं मिनेटमा गोल गरेका थिए ।
योसहित स्पेनले सबैभन्दा बढी चौथो पटक युरोकपको उपाधि जितेको छ । स्पेनले यस अघि १९६४, २००८ र २०१२ मा युरोकपको उपाधि जितेको थियो ।
बबिना भट्टराईको स्वरमा ‘एउटा सानो घर’ भिडियो सार्वजनिक
काठमाडौ। माया, प्रेममा ठुला ठुला आशा राखिन्न, मनको माया नै सबैभन्दा ठुलो हुन्छ अरु सबै कुरा गौण हुन्छन् । एउटा सानो घर चाहे त्यो झुपडी नै किन नहोस्, त्यहि घरमा फक्रन्छ माया अनि त्यहि घरमा नै मौलाउँछ पिरती । एकअर्काको भर, एकअर्का प्रतिको विश्वास, एकअर्का प्रतिको समर्पणभाव यी सबै कुरा त्यहि सानो घर भित्र अटाउँछन् । जानेर या नजानेर लगाएको त्यो माया, सानो घर भित्र झांगिएको त्यो मायाको यात्रा जीवनभरिलाई एउटै रथमा एकनासले अघि बढ्नेछ । त्यहाँ कतैबाट विरोधाभास आउने छैन, कतैबाट असन्तुलन आउने छैन, कतैबाट अवरोध आउने छैन, एकअर्का प्रतिको प्रेमिल भावले सदावहार रहनेछ युग युग सम्म । त्यहि सानो घर भित्र अट्नेछ मायाको सानो संसार, दुई मुटुको धड्कन एक हुनेछ, तिनै दुई मुटुको भरमा फक्रनेछ, फुल्नेछ प्रेम ।
जीवभरि तिर्खा मेट्ने पानी उनकै हातले पाउने चाह छ मन भरि । पानीको प्यास अनि मायाको तिर्सना दुवै मेट्न काफी छ उनको साथ । बर्खे भेल सरि मन भरि उर्लेको माया सम्हाल्न पनि कठिन छ उनलाई, उनको साथको चाह मन भरि संगालिएको अनि मन भरि उर्लेको माया एक्लै सम्हाल्न पनि कठिन छ, उनको साथको खाँचो छ यतिबेला । प्रेमिल मन यस्तरी पग्लन्छ त्यति सायद हिमनदी पनि पग्लदैन । मनबाट पग्लेको त्यो प्रीतले यति ठुलो रुप लिन्छ त्यति सायद बर्खाको खहरे पनि उर्लदैन । यसरी उर्लेको मायाको भेल उनले एक्लै कसरी छेक्न सक्नु र कसरी रोक्न सक्नु ? त्यसैले यो उर्लेको मायाको भेलमा उनले प्रेमिल साथ खोजेकी छिन् एउटा सानो घर भित्र ।
गीतकार नुतन भुसालले लेखेकी प्रेमिल भावको गीत ‘एउटा सानो घर’ पछिल्लो समय विभिन्न सुमधुर गीत, गजल, भजन सहित पहिलो नेपाली चारु गाएर नेपाली सुगम संगीतमा छाइरहेकी चर्चित गायिका बबिना भट्टराईको स्वरमा सार्वजनिक भएको छ । उक्त गीतमा संगीत सुनिल मास्केको रहेको छ ।
अध्यक्ष ढकालद्धारा सूचना प्रविधिका क्षेत्रबाट लाभ लिन सक्ने गरी औद्योगिक विकाश गर्न आग्रह गर्नु पर्ने धारण व्यक्त ः
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको आर्थिक विकासका लागि सूचना प्रविधिका क्षेत्रमा धेरै सम्भावना रहेकाले यसबाट लाभ लिनसक्ने गरी औद्योगिक विकास गर्न आग्रह गर्नुपर्ने धारणा राख्नुभएको छ ।
आज काठमाडौँमा आयोजित सूचना प्रविधिसम्बन्धी एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संसारमा द्रुततर रुपमा विकास भइरहेको सूचना प्रविधिबाट उनीहरुले यथेष्ट लाभ लिइरहेका दृष्टान्त पेश गर्दै नेपालले पनि सूचना प्रविधिको विकासलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो “विश्वका अरु देशहरुमा जस्तै नेपालमा पनि पछिल्ला बर्षहरुमा सूचना प्रविधिका क्षेत्रमा द्रुत विकास भइरहेको छ र यसमा नेपालको युवा बर्ग अहिले पनि निकै नै ठूलो सङ्ख्यामा यस क्षेत्रमा लागिरहेकाले देशमा सूचना प्रविधि उद्योगको विकास र विस्तार गरी यसको सेवा निर्यातबाट हामीले लाभ लिन सक्नुपर्दछ ।”
युवा जनसङ्ख्या धेरै भएको देश नेपालमा अहिले ठूलो सङ्ख्याका युवाहरु सूचना प्रविधि विषयको पठनपाठन तथा उद्यमशीलताको विकासमा लागिरहेकाले नेपालमा सूचना प्रविधि उद्योगको विकास गरी यसबाट सेवा निर्यातको अधिक सम्भावना रहेको उहाँको तर्क थियो ।
नेपाल सरकारले आगामी आर्थिक बर्षको बजेटमार्फत् आगामी दशकलाई सूचना प्रविधि दशकका रुपमा घोषणा गरी हरेक प्रदेशमा सूचना प्रविधि पार्क निर्माण गर्ने, १५ लाख रोजगारी सिर्जना गर्ने र हरेक बर्ष नेपालबाट कम्तीमा पनि तीन खर्ब रुपैयाँ बराबरको सूचना प्रविधि सेवा निर्यात गर्ने लक्ष्य लिएको प्रसङ्ग उल्लेख गर्दै यसका लागि यसै बमोजिमको लगानीको वातावरण राज्यले निर्माण गनुपर्नेमा जोड दिनुभयो ।
सूचना प्रविधि अहिलेको समाजको जीवन पद्दति नै भइसकेकाले संसारले पनि यसैबमोजिम अङ्गीकार गरिरहेका र नेपाल पनि यसबाट अछुतो नरहेको प्रसङग उल्लेख गर्दै अध्यक्ष ढकालले भन्नुभयो “नेपालमा पनि मेडिकल, इञ्जिनियरिङ तथा वित्तीय क्षेत्र हुँदै धेरै क्षेत्रमा सूचना प्रविधिको प्रयोग बढ्दै गएका छ । आगामी दिनमा यसको विकास र विस्तार गरी सूचना प्रविधिमा आधारित समाज र औद्योगिक विकासको नीतिबाट राज्य अघि बढ्नुपर्छ ।”
उहाँले नेपालमा रहेको यस क्षेत्रको सम्भावना अनुसारको लगानीको वातावरण निर्माण गर्न सरकारसँग माग गर्दै यस सम्भावनायुक्त क्षेत्रमा लगानी गरी मुनाफा आर्जन गर्न स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।
नेपालमा अहिले पनि करिब पाँच सय सूचना प्रविधिसम्बन्धी कम्पनी रहेका जानकारी दिँदै राज्यले उचित नीति अख्तियार गर्यो र लगानीको सहज वातावरणको सुनिश्चितता गर्यो भने योभन्दा कैयौँ गुणा बढी कम्पनीहरु केही समयमै स्थापना भई सञ्चालनमा आउने पनि बताउनुभयो ।
यसरी गरे दुई ठुलापार्टीका अध्यक्षले नयाँ सरकारमा मन्त्रालय भागबण्डामा सहमति
काठमाडौं । कांग्रेस र एमालेको सहमतिमा बनेको नयाँ सरकारमा मन्त्रालयको भागभन्डाको विषय सहमतिमा पुरा भएको छ । कांग्रेस र एमालेको सहमति अनु्सार विभाजन गरिएको मन्त्रालयअन्तरगत कांग्रेसले गृह, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास, स्वास्थ्य तथा जनसंख्या, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, वन तथा वातावरण र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय पाएको छ ।
यस्तै नेकपा एमालेले अर्थ, रक्षा, भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाएको छ । मन्त्रालयको जिम्मेवारी सम्हाल्ने मन्त्रीहरुको भने टंङ्गो लागि नसकेको नेताहरुको भनाइ छ । मन्त्रीहरु छनोटको आन्तरिक काम सकिएपनि सिफारिस हुन बाँकी रहेकाले भोली बिहानसम्म मन्त्रीहरुको नाम टंगो लगाउने कांग्रेस र एमालेको तयारी रहेको छ ।
यस्तै नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला र महामन्त्री गगन थापा पक्षबाट मन्त्रीका लागि चार जनाको नाम सिफारिस गरिएको छ । नेता शेखर कोइराला पक्षका एक केन्द्रीय सदस्यले चार जनाको नाम पार्टी सभापति शेरबहादुर देउवालाई बुझाइएको जानकारी गराए । उनका अनुसार प्रदीप पौडेल, रामनाथ अधिकारी, हृदयराम थानी र तेजुलाल चौधरीको नाम सभापतिलाई बुझाइएको हो ।
शेखर–गगन पक्षले आफ्नो समूहबाट चार जना मन्त्री पाउनुपर्ने समूहको बैठक बसेर निर्णय आइतबार बिहान गरेको थियो । उक्त समूहबाट मन्त्रीका लागि चर्चामा रहेका सहमहामन्त्री जीवन परियारको नाम छुटेको स्रोतले जनाएको छ ।
यस्तो छ नवनियुक्त प्रधानमन्त्री केपी शर्माओलीको विगतदेखि वर्तमान सम्मको राजनीतिक इतिहाँस ः
काठमाडौं । संविधानको प्रभावकारी कार्यान्वयन गर्दै मुलुकमा समृद्धि र विकासका लागि बलियो एवं स्थिर सरकारको आवश्यकता देखिएका बेला ४५औँ प्रधानमन्त्रीका रूपमा नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली नियुक्त भएका छन् । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली नेपाली राजनीतिको केन्द्रमा रहने एक राजनीतिज्ञ हुन् ।
प्रधानमन्त्री ओलीलाई देशका प्रमुख राजनीतिक पार्टी कांग्रेस र एमालेको प्रस्तावमा करिब दुई तिहाइको समर्थनमा सरकारको नेतृत्व गर्ने ऐतिहासिक अवसर प्राप्त भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा, ७६, २ बमोजिम आज प्रधानमन्त्रीमा नियुक्त अध्यक्ष ओली संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल एमालेको समर्थनमा मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारीमा पुनः उदाएका हुन । अध्यक्ष ओली यसअघि तीन कार्यकाल प्रधानमन्त्री भइसकेका छन् ।
विसं २०७१ साउन १ गते सम्पन्न पार्टीको नवौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा निर्वाचित ओली स्पष्ट अडान राख्ने र दृष्टिकोणमा अडिग रहने नेताका रूपमा चिनिन्छन् । उनको गतिशील एवं सबल नेतृत्वमा पार्टी पनि यही देष्टिकोणका साथ अघि बढेको छ ।
नेपालको वर्तमान संविधान जारी भएसँगै २०७२ असोज २४ गते अध्यक्ष ओली पहिलोपटक मुलुकको प्रधानमन्त्री बनेका थिए । यसैगरी, विसं २०७४ को आम निर्वाचनपछि नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र०को समर्थनमा २०७४ फागुन ३ गते झन्डै दुई तिहाइ बहुमतसहित उहाँले दोस्रोपटक सरकारको नेतृत्व गरेका थिए ।
त्यसपछि २०७५ जेठ ३ मा एमाले र माओवादी केन्द्रको एकता भई उहाँ नेपाल कम्युनिष्ट पार्टी नेकपांको दुई अध्यक्षमध्ये पहिलो वरियताको अध्यक्ष भएका थिए । पार्टीभित्रको विवादका कारण उहाँ नेतृत्वको सरकार अल्पमतमा परेको थियो । तत्कालीन राजनीतिक घटनाक्रमका बीच प्रधानमन्त्रीका हैसियतले मध्यावधि निर्वाचनका लागि गर्नुभएको सिफारिस सर्वोच्च अदालतको आदेशबाट बदर भएपछि अध्यक्ष ओली सरकारको नेतृत्वबाट बाहिरिएका थिए ।
किसान परिवारमा जन्म, पञ्चायतविरोधी आन्दोलनमा अगुवाइ
निम्न मध्यम वर्गीय परिवारमा बुबा मोहनप्रसाद र आमा मधुमाया ओलीको सुपुत्रका रुपमा जन्मिएका प्रधानमन्त्री ओली लोकतन्त्रका लागि लामो सङ्घर्ष, जेलनेल, पटकपटक कठोर यातना भोग्ने सीमित नेताहरुमा पर्छन् । पूर्वी पहाडी जिल्ला तेह्रथुमको आठराईस्थित इवा गाउँको साधारण किसान परिवारमा २००८ साल फागुन ११ जन्मिएका ओली चार वर्षको उमेरमै मातृस्नेहबाट विमुख हुन पुगेका थिए । । हजुरआमा रमादेवी ओलीको पालनपोषणमा हुर्किएका ओलीले बालक छँदा पढाइका साथै ग्रामीण किसान परिवारमा गरिने सबै काम गरेका थिए ।
तेह्रथुम छोडेर २०२० सालमा उहाँको परिवार झापा बसाइँ स¥यो । झापाको सामाजिक, सांस्कृतिक, शैक्षिक तथा आर्थिक परिवेशमा अन्तरघुलित हुँदै जिज्ञासु स्वभावका ओलीले किशोर अवस्था पार गरे । हरेकजसो विषयमा जिज्ञासा राख्ने स्वभावले ओलीलाई समाजभित्र हुने असमानता, विभेद र पक्षपातलगायतका प्रश्नहरुको उत्तर खोज्नतिर प्रेरित ग¥यो ।
अध्यक्ष ओलीको राजनीतिक उदय झापा आन्दोलनको सिर्जना र कठोर भूमिगत सङ्घर्षबाट भएको हो । राजतन्त्रात्मक पञ्चायती शासन व्यवस्थाको विरोधसहित देशभक्ति, लोकतन्त्र, समानता, सामाजिक न्याय, भेदभावरहित समाज र जनजागरणका लागि कम्युनिष्टहरुको सहभागितामा भएको आन्दोलनमा उहाँको नेतृत्वदायी भूमिका रहँदै आएको छ ।
उनले लोकतान्त्रिक संरचनाहरुको सबलीकरण, राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्रको मूल्यमान्यतप्रति प्रतिबद्धता, उग्रता र भड्काउहरुबाट समाजको रक्षा र जनताको जीवनमा सुखशान्तिका लागि अविचलित रूपमा अग्रणी भूमिका निर्वाह गरेका छन् । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने सङ्कल्पलाई काँधमा बोकेर मुलुक र जनताको सेवाका लागि सरकारको नेतृत्वमा रहँदा र नरहँदा पनि अहोरात्र खट्ने अध्यक्ष ओली कुशल वक्ता, तार्किक र अध्ययनशील नेताभनेर चिनिनछन ।
करिब छ दशक लामो राजनीतिक यात्राका क्रममा १४ वर्ष कठोर जेलजीवन बिताएका अध्यक्ष ओली २०७८ मङ्सिरमा चितवनमा सम्पन्न एमालेको दशौँ राष्ट्रिय महाधिवेशनबाट दोस्रो कार्यकालका लागि भारी मतका साथ अध्यक्षमा निर्वाचित भएका थिए ।
पन्ध्र वर्षेको किशोर उमेरमै २०२३ सालमा उहाँ रामनाथ दाहालको अगुवाइमा रहेको माक्र्सवादी अध्ययन दलमा सामेल भए । नेता दाहालसहित पाँच योद्धालाई तत्कालीन पञ्चायती सरकारले जेल सार्ने बहानामा सुखानीको जङ्गलमा लगेर गोली हानी हत्या ग¥यो, उहाँहरूलाई अहिले झापा आन्दोलनका शहीदका रूपमा चिनिन्छ ।
माक्र्सवादी अध्ययन दलमा सामेल भएको दुई वर्षमै पूर्णकालीन राजनीतिमा जोडिएर २०२६ माघमा उहाँले नेपाल कम्युनिष्ट पार्टीको सदस्यता पाए । पार्टी सदस्यता पाएको वर्ष नै पहिलोपटक उहाँ गिरफ्तारीमा परे ।
विसं २०२८ मा ओली झापा आन्दोलन कमिटीको प्रमुखमा मनोनीत भएका थिए । सोही आन्दोलनको आधारभूमिबाट अघि बढ्दै गएको पार्टी अहिलेको एमाले हो । निरङ्कुश पञ्चायती व्यवस्थाको विरोधका क्रममा नेता ओलीलगायत झापा आन्दोलनका क्रान्तिकारीहरु २०३० सालमा पक्राउ पर्नुभएको थियो । त्यसपछि उहाँले चार वर्ष गोलघरको यातनासहित १४ वर्ष लामो कठोर कारावास जीवन बिताए ।
अध्यक्ष ओली जेलमै रहँदा २०३५ साल पुस ११ मा गठित नेपाल कम्युनिष्ट पार्टी मालेको संस्थापकको हैसियतमा भए । २०४४ साल असार ११ गते जेलबाट रिहा भएपछि सोही वर्षको पुस २ मा बसेको नेकपा मालेको केन्द्रीय कमिटी बैठकले उनलाई केन्द्रीय सदस्यमा मनोनयन गरी पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलन परिचालकका लागि लुम्बिनी अञ्चल इन्चार्जको जिम्मेवारी तोक्यो ।
नेकपा मालेसमेतको नेतृत्वमा सञ्चालित जनआन्दोलनले निरङ्कुश पञ्चायती व्यवस्था पराजित भएपछि २०४७ जेठ १ गते नेता ओली पार्टीको युवा संस्था प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घ, नेपालको संस्थापक अध्यक्ष बने । नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकरण र विस्तार गर्ने क्रममा २०४७ पुस २२ गते नेकपा ९माले० र नेकपा माक्र्सवादीबीच पार्टी एकीकरण भएर नेकपा एमाले बन्यो र एकीकृत पार्टीमा ओली केन्द्रीय सदस्य रहे।
संसदीय यात्रा र एमालेको नेतृत्व ः
बहुदलीय व्यवस्थाको स्थापनापछि २०४८ सालमा भएको पहिलो आम निर्वाचनमा झापा–६ बाट प्रतिनिधिसभाको सदस्यमा ओली निर्वाचित भए । त्यसको तीन वर्षपछि २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा झापा–२ बाट उहाँ प्रतिनिधिसभा सदस्य चुनिए । यही बीचमा पार्टी जिम्मेवारीका क्रममा उनी पोलिटब्यूरो सदस्यसहित विदेश विभाग, प्रचार विभाग र संसदीय विभाग प्रमुख भए ।
बहुदलीय व्यवस्थाको पुनःस्थापनापछि २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा बनेको प्रथम जननिर्वाचित कम्युनिष्ट सरकारमा उहाँ पहिलोपटक मुलुकको गृहमन्त्री भए । उहाँले सफल गृहमन्त्रीको मानक स्थापित गरे ।
जनकपुरमा २०५९ सालमा भएको एमालेको सातौँ राष्ट्रिय महाधिवेशनमा ओलीबाट प्रस्तुत पार्टीको आन्तरिक लोकतान्त्रिकीकरण गरी बहुपदीय प्रणालीमा जाने प्रस्ताव प्रस्तुत भएपछि पार्टीको उहाँको प्रभाव थप विस्तारित भयो । सो प्रस्तावलाई २०६५ सालमा बुटवलमा भएको आठौँ राष्ट्रिय महाधिवेशनले पारित ग¥यो । उनको प्रस्तावलाई महाधिवेशनले पारित गरे पनि उहाँ पार्टी अध्यक्षमा तत्कालीन अध्यक्ष झलनाथ खनालसँग झिनो मतान्तरले पराजित भए ।
।













