आज नवनियुक्त प्रधानमन्त्री र मन्त्रीहरुको शपथ गाराईदै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शपथ लिदै छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीलाई बिहान ११ बजे पद तथा गोपनियताको शपथ गराउने कार्यक्रम तय गरिएको छ । आजै नवनियुक्त मन्त्रीहरुले पनि शपथ दिलाउने तयारी गरिएको छ ।
आइतबार राष्ट्रपति पौडेलले संबिधानको धारा ७६ को उपधारा २ अनुसार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त्त गरेका थिए ।

ओली चौथो पटक प्रधानमन्त्री बनेका हुन् । उनी पहिलो पटक २०७२ असोज २५ गते प्रधानमन्त्री बनेका थिए भने दोस्रो पटक २०७४ फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका थिए । त्यस्तै उनी तेस्रो पटक २०७८ बैशाख ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए

तत्कालिन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले शुक्रबार नै संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार ढलेको थियो । त्यसपछि राष्ट्रपति पौडेलले संबिधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थन लिएर सरकार बनाउन दाबि पेश गर्न आइतबार ५ बजेसम्मको समय दिएका थिए ।

ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि कांग्रेस र एमाले सोमबार बिहाननै मन्त्रीहरुको पनि शपथ गराउने तयारीमा रहेका छन् । अहिलेसम्म कांग्रेस(एमालेले मन्त्रीहरुको छनौट गर्ने क्रममा रहेका छन् । अहिलेसम्म कांग्रेसबाट प्रकाशमान सिंह, रमेश लेखक, आरजु राणा, प्रदीप पौडेल लगायतको मन्त्री बन्ने चर्चा छ भने एमालेबाट विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, छविलाल विश्वकर्मा, योगेश भट्टराई, कृष्ण गोपाल श्रेष्ठ, जुली महतो, विद्या भट्टराई र दामोदर भण्डारीलाई मन्त्री बनाउने निर्णय गरेको छ।

LEAVE A REPLY