Page 6

थसाङमा हिमपहिरो जाँदा, बोक्से खोला थुनियो

काठमाडौं।मुस्ताङको थासाङ गाउँपालिका–२ मा धौलागिरि हिमालबाट खसेको हिमपहिरोले शुक्रबार दिउँसो बोक्सेखोला थुनिएको छ ।
। मुलखर्क भन्ने ठाउँको पहाडको खोँचमा हिमपहिरो थुप्रिँदा बोक्सेखोलामा पानीको मात्रा घटेको थासाङ गाउँपालिका–२ कोवाङका वडा अध्यक्ष गौतम शेरचनले बताए ।

“शुक्रबार दिउँसो करिब १ः३० बजेतिर धौलागिरि हिमालको फेदबाट हिमपहिरो खसेर खोँचमा थुप्रिएको हो,” उनले भने, “हिउँको थुप्रोले खोलामा पानीको मात्रा घटेको छ ।”

जिल्ला प्रशासन कार्यालय मुस्ताङले बोक्सेखोलाको तटीय क्षेत्रमा सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरेको छ । आसपासमा बस्ती नभएपनि बेनी–जोमसोम सडक बोक्सेखोला किनारमा पर्दछ ।

कोवाङमा रहेका मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले हिमपहिरो थुप्रिएको ठाउँमा शसस्त्र प्रहरीको टोली पठाएको बताए । “ड्रोनबाट हिमपहिरो थुप्रिएको ठाउँको अवलोकन गर्दा खोला थुनिएर तलाउ बनेको नदेखिएकाले जोखिम कम हुने अनुमान गरेपनि सतर्कता अपनाउनुपर्ने छ,” उनले भने, “बेनी–जोमसोम सडकमा यात्रा गर्नेलाई बोक्सेखोला छेउछाउमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।”

 

मकवानपुरको मनहरी गाउँपालिकामा भैंसीले बाघ मारेको शंका

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा बाघ मृत फेला परेको छ ।
बिहीबार बिहान सवा ३ बजे मनहरी गाउँपालिका–६ प्रतापुर बस्ने बलबहादुर राईको भैंसी गोठमा बाघ मृत फेला परेको हो ।
जस्ताको छानो भएको राईको गोठमा रहेको भैंसीसँग जुध्दा बाघको मृत्यु भए जस्तो देखिएको पर्सा वन्यजन्तु आरक्षण सुराक्षार्थ खटिएको नेपाली सेनाको टोलीले अनुमान गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
गोठमा रहेको भैंसीलाई पनि थोरै चोट लागेको तर अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने उक्त स्थानमा बाघ लगायत जंगली जनावरकोे आक्रमणले बेला÷बेलामा क्षति हुने गरेको छ ।

 

करिब चालिसजना यात्रु बोकेकोभारतीय बस दुर्घटनामा

काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी नजिकै भारतीय नम्बर प्लेटको बस मर्स्याङ्दी नदीमा बस खसेको छ । आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहराबाट यात्रुबाहक बस साढे ११ बजेतिर मर्स्याङ्दी नदीमा खसेको हो ।
नदीमा खसेको भारतीय बसका यात्रुमध्ये १५ जना अचेत अवस्थामा रहेको प्रहरीले जनाएको छ । पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खसेको तनहुँ प्रहरीले जनाएको छ । बसमा भारतीय पर्यटक रहेको बुझिए पनि दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका उक्त बसमा कम्तिमा ४० यात्रु रहेको प्रारम्भिक अनुमान गरेको छ ।

 

कहिले हुन्छ पुन: निर्माण ?

काठमाडौ । १ सय तिन वर्ष पुरानो एैतिहॅासिक सडक जिर्ड अवस्थामा छ । सडक विभागले पुनर्निमाणको समय ६-७ महिना लाग्ने भएता पनि भत्किएको एक महिना पुरा हॅुदा पनि सडक विभागले पुनर्निर्माणमा चासो देखाएको छैन।

आगामी मङ्सिर ७ गते देववाणी रिलिज हुने

काठमाडौँ । चलचित्र ‘देववाणी’ आगामी मङ्सिर ७ गते रिलिज हुने भएको छ । बाबु साहेब बलामी निर्देशित चलचित्रले बिहीबार एक पोस्टर सार्वजनिक गर्दै रिलिज मितिको बारेमा जानकारी दिएका हुन्
पोस्टरमा चलचित्रका प्रमुख नायक कुन्दन भारद्वाज र नायिका अनुजा लेप्चा फिचर्ड छन् । उनीहरूलाई रोमान्टिक भावमा देखाइएको छ । मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा कुन्दन भारद्वाज, अनुजा लेप्चा, सुनिल थापा, ध्रुव कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, सरिता भण्डारी, लक्ष्मीनाथ तिमल्सिना, काजोल राघवाणी र मौसम पौडेलको अभिनय छ ।
सिमरा, वीरगन्ज, इटहरी र काठमाडौँमा छायाङ्कन भएको चलचित्रमा निराजन मेहता मन्जिलको पटकथा तथा संवाद, हरिबहादुर घलेको छायाङ्कन, श्री श्रेष्ठ र देव महर्जनको द्वन्द्व, रामजी लामिछाने र तेन्जु योञ्जनको कोरियोग्राफी, मनोहर सुनाम र सन्तोष प्रगाढको सङ्गीत, बन्दे प्रसादको सम्पादन छ ।
मिना खड्का र हिराबहादुर लेप्चा निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता मनकुमार लेप्चा र रमेश ढुङ्गेल ‘झापाली’ हुन् । चलचित्र नेपाली र हिन्दी भाषामा निर्माण भएको छ ।

आज कहाँ, कहाँ हुदै छ भारी वर्षा ?

सदरमुकाम मुसिकोट र सानीभेरी नदी रुकुम पश्चिम, ५ भदौः रुकुम पश्चिम् मुसिकोट नगरपालिका– ४ स्थित भण्डारीकाँडाबाट लिएको सदरमुकाम मुसिकोट, सानीभेरी नदी र आसपासका क्षेत्र । तस्बिरः कुलदीप न्यौपान

काठमाडौँ।हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेकोले
कोशी र मधेस प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा बागमती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । मधेस प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा भइरहेको विभागले आज बिहान जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ ।
विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै विभागले ती क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टीकार्यलय सानेपामा बस्दै

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज केन्द्रियकार्यलय सानेपामाबस्दै छ। साउन २८ गते बेठकस्थगित भएको थियो ।
गत साउन २३ गतेबाट सुरु भएको बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि नेताहरूले बोल्ने क्रम जारी छ ।
महामन्त्री गगन थापाले छलफलका लागि प्रस्तुत गरेका ११ एजेण्डाका अतिरिक्त परिमार्जनसहित पेश भएका महासमिति बैठकका प्रतिवेदन माथि पनि बैठकमा छलफल हुँदै आएको छ ।
उपसभापति पूर्णबहादुर खड्काले पेश गरेको नीति प्रतिवेदन, महामन्त्री गगन थापाले राखेको सांगठनिक र अर्का महामन्त्री विश्व प्रकाश शर्माले राखेको समसामयिक प्रतिवेदन माथि छलफल केन्द्रित हुने एक नेताले जानकारी दिए । ।

प्रतिवेदन परिमार्जन गराउने तयारीमा सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीको केन्द्रीय समिति बैठकमा पेस गरेको प्रतिवेदन परिमार्जन गर्ने तयारी गरेका छन् । महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले गत साउनको अन्तिम हप्ता बसेको केन्द्रीय समिति बैठकमा आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साउन २३ देखि २८ गतेसम्म बसेर केन्द्रीय समिति बैठक महामन्त्रीहरुको प्रतिवेदमा देखिएको विवादकै कारण स्थगनमा परेको थियो । महामन्त्री थापाको प्रतिवेदनमा निर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन नगरी अगाडी बढ्नुपर्ने प्रतिवेदन पेश गरेका थिए । यस्तै महामन्त्री विश्व प्रकाश शर्माले एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक भन्दा बढी सांसद बन्न नपाउने भन्ने प्रावधान पार्टी विधानमै संहिताकृत गर्नुपर्ने प्रस्ताव सहितको प्रतिवेदन केन्द्रीय समिति बैठकमा पेश गरेका थिए । ललितपुरको गोदावरीमा गत वर्ष २०८० फागुनमा सम्पन्न महासमिति बैठकले राय सहितको प्रतिवेदन पास गर्ने जिम्मा केन्द्रीय समितिलाई दिएको थियो । साउन २३ देखि २८ सम्म बसेको केन्द्रीय समिति बैठकमा महामन्त्रीहरुको प्रस्ताव पेश भएको थियो ।

महामन्त्रीहरुको उक्त प्रतिवेदन सच्याउन माग गर्दै विभिन्न राजनैतिक दलहरुले आलोचना गरेपछि प्रतिवेदन सच्याउने तयारीमा सभापति देउवाले छलफललाई तिव्रता दिएका छन् । सभापति देउवासहित संस्थापन पक्ष महामन्त्रीहरुको प्रस्ताव संशोधन गर्ने पर्ने पक्षमा उभिएका छन् ।

कांग्रेस संस्थापन पक्षले चुनावी गठबन्धन रणनीतिक भएको र एक्जिट पोलिसि विधानमा समावेश गर्न नहुने बताउदै आएको छ । प्रतिवेदनमाथि उठेको विवादका कारण बैठक भदौ ७ गते सम्मलाई स्थगन गरिएको छ ।
सभापति देउवाको स्वकीय सचिव भानु देउवाका अनुसार प्रतिवेदनमा परिमार्जन गराउने तयारीका साथ देउवा पदाधिकारीहरुसँग छलफलमा लागेका छन् । स्थिगित भएको कांग्रेस केन्द्रीय समिति बैठक निकट भविष्य देखि नै शुरु हुँदैछ ।

कुमारी बैंकको कार्यभार डीसीईओ सुधीरनाथ पाण्डेको काँधमा

काठमाडौं । कुमारी बैंकको नायब प्रमुख कार्यकारी अधिकृत सीईओ मा सुधीरनाथ पाण्डे नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले पाण्डेलाई नायब प्रमुख कार्यकारी अधिकृत डीसीईओ नियुक्त गरेको हो ।
उनले बुधबारदेखि बैंकमा डीसीईओ पदको कार्यभार सम्हालेका छन् । पाण्डेसँग साढे तीन दशकभन्दा बढीको बैंकिङ अनुभव रहेको छ
२०४६ सालबाट बैंकिङ सेवामा प्रवेश गरेका पाण्डेसँग विभिन्न बैंकहरूमा काम गरेको अनुभव छ । उनी ६ महिनाअघि एनआईसी एसिया बैंकको डीसीईओबाट बाहिरिएका थिए ।

कुमारी बैंकमा रामचन्द्र खनालको डिसिओबाट पदोन्नति भइ प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएपछि उक्त बैंकमा डीसीईओ पद खाली थियो ।

टिकटकमाथिको प्रतिबन्ध हट्यो

काठमाडौं । सरकारले सामाजिक सद्भाव भड्काउने र अश्लिल गतिविधिहरु बढेको भन्दै १० महिनाअघि सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटेकोछ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गर्दै मन्त्रीपरिषद्मा पठाएको र मन्त्रिपरिषद् बैठकले पारित गरेको शूत्रले बताएको छ ।
गत वर्षको असोज २७ गते नेपाली समाजको सामाजिक सद्भाव बिगारेको भन्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
टिटकमाथिको प्रतिबन्ध फुकुवालाई केहीले भूराजनीतिक प्रभावका रुपमा समेत व्याख्या गरिरहेका छन् ।

 

सुदामा ताजा समाचार

काठमाडौँ । नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको छ । बिहीबार आयोजित उद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष निर्वाण चौधरी तथा...

नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा १९ स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले एक भव्य समारोहका बीच १९ जना स्रस्टाहरुलाई प्रज्ञा पुरस्कार प्रदान गरेको छ र्। केही साताअघि घोषणा गरेको प्रज्ञा पुरस्कार...

बौद्धमा शान्ति र्‍यालीसहित२५७०औंबुद्ध जयन्ती मनाइयो

काठमाडौँ । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५७०औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन...