Page 11

हिमपात र वर्षाले जुम्लेली किसान खुशी

जुम्ला ।करीव ५ महिना पछि जुम्लामा भएको हिमपात र वर्षाले यहाँका किसानलाई राहत पुर्याए पछि किसानको मुहारमा खुशी छाएको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने जिल्लामा यस वर्ष ढिलोगरी हिउँ र वर्षा भएको हो ।
उच्च ठाउँमा एक फिट जति हिउँ परेको पातारासी गाउँपालिका–१ का स्थानीयवासी मुनबहादुर एडीले जानकारी दिए ।
ढिलोगरी भएको हिमपातपछि आकाशे पानीको पर्खाइमा रहेका किसान भने खुसी भएका छन् ।
जिल्लाका आठवटै स्थानीय तहमा धेरैजसो ठाउँमा सिँचाइको अभाव छ । जहाँ किसानले आकाशे वर्षाको भरमा जौँ,खाद्य वाली लगाउने गर्छन् । हिमपातका कारण जौँ, गहुँलगायत नयाँ स्याउका बिरुवा लगाउन निकै सहज भएको हिमा गाउँपालिका–६ का स्थानीय किसान दुर्गा शाहीले बताए ।

लागुऔषधलाई समयमै नियन्त्रण गर्न नसके अवको १५ वर्ष पछि एउटा पुस्तानै प्रभावीत बन्न सक्छ ः गृह मन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपाललाई लागुपदार्थ मुक्त देशको रूपमा स्थापित गर्न नसके अवको १५ वर्ष पछि एउटा पुस्तानै प्रभावीत बन्न सक्ने जिकिर गर्नु भएको छ ।
नेपाल प्रहरीले सुरु गरेको लागुऔषध विरुद्धको महाअभियानको शुभारम्भ गर्दै गृहमन्त्री लेखकले यस्तो बताउनु भएको हो । मन्त्री लेखकले लागुऔष विरुद्धको अभियानमा सबै जुटेर लाग्ने हो भनें लागुऔषध नियन्ण अभियान निर्मुल पार्न धेरै समय नलाग्ने पनि बताउनु भयो ।
उहाँले अहिले संघीयतामा सरकार रहेको उल्लेख गर्दै तीन तहकै सरकारले लागुऔषधबिरुद्धको महाअभियानलाई सफल बनाउन आवश्यक काम गर्नुपर्ने बताउनु भयो। उहाँले नागरिकसँग नजिक रहेको स्थानीय सरकारले बढी पहल कदमी लिनुपर्ने पनि बताउनु भयो । ।
गृहमन्त्री लेखकले भन्नुभयो ‘अहिले हामी संघीयतामा छौँ । तीन तहमा सरकार छ । स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । यसमा स्थानीय तहलाई जोड्न जरुरी छ । किनभने यो अभियानलाई वडा वडा स्तरमा पुर्याउन सकियोस् । पालिकाहरूले पनि यसलाई एउटा अभियानका रूपमा अघि बढाउन जरुरी छ । एकै पटक जिल्लाभर नहोला तर एउटा जिल्लाको दुई, तीन वटा पालिकालाई लागुऔषध मुक्त पालिका बनाउने काम गरौँ । पालिका उठाऔँ । त्यहाँका स्कुल, क्याम्पस, युवा क्लब, राजनीतिक दल, भ्रातृ संस्था, शुभेच्छुक, विद्यार्थी सङ्गठनहरूलाई संलग्न गरौँ र एउटा पालिकालाई ६ महिनामा लागुऔषध मुक्त पालिका घोषणा गर्नेगरी अभियान चलाऔँ । सो गर्दा समग्र राष्ट्रलाई नै केही समयभित्र लागुपदार्थ मुक्त राष्ट्रका रूपमा लैजान सकिन्छ । लागुऔषधले समाजलाई धेरै नै नकारात्मक प्रभाव बनाएको छ । यो प्रहरीको मात्रै विषय होइन । लागुऔषधको प्रभावमा युवालाई पर्न नदिने कुरा अभिभावक र परिवारबाट सुरु हुन्छ । लागुऔषध दुर्व्यसनमा पर्न नदिने स्थिति निर्माण गर्ने एउटा पाटो छ भने अर्को यसको ओसारपसार, व्यापार, भण्डारण गर्ने आपराधिक गतिविधिमा प्रहरीको काम छ । खोज्ने, समात्ने, हेर्ने गर्नुपर्छ । कडाइका साथ काम गर्नुपर्छ । निवारण गर्ने काममा हामी समाज लाग्नुपर्छ । यसलाई महाअभियानका रूपमा देशभर लैजानुपर्छ । म मेरोतर्फबाट प्रतिबद्ध छु । नेपाल सरकारले लागुऔषध नियन्त्रणका लागि गर्नुपर्ने गतिविधिमा केके गर्नुपर्छ म तयार छु । यसका विरुद्धको लडाइँमा विजय प्राप्त गर्छौँ । यो मुलुकलाई लागुपदार्थ मुक्त देशको रूपमा हामी स्थापित गर्नसक्छौँ ।’

गोली प्रहारबाट २९ वर्षीय युवकको हत्या

भैरहवा । रुपन्देहीको मायादेवी–२ महदेवा डङ्गचाहावाका २९ वर्षीय युवकको गोली गोली प्रहाबाट हत्या भएको छ । शुक्रबार राति घर भएकै बेला राकेश सिंह लोध राजु माथि गोली प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ ।
रातको समयमा उनको शरीरमा गोली प्रहार भएको देखिन्छ। बिहान अवेरसम्म नउठेका उनलाई स्थानीयले घरको बरन्डामा मृत अवस्थामा फेला पारेका थिए । गोली लागेर उनको घटनास्थलमै मृत्यु भएको स्थानीयले जनाएका छन् ।
रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुरज कार्कीले आँखाको माथि निधार र कन्चटमा चोट लागेको देखिएको पुष्टि गरे । बिहान करिब ८ बजे प्रहरीलाई जानकारी प्राप्त भएपछि घटनास्थलमा प्रहरी पुग्दा रक्ताम्य मृत अवस्थामा भेटिएको उनले जनाए ।
एक्लै बस्दै आएका लोध खेती किसानी गर्थे, घरायसी कारणले उनको हत्या भएको हुनसक्ने स्थानीयले जानकारी दिएका छन् ।
स्थानीयका अनुसार दाजुभाई बीच जग्गाको विषयमा केही महिनादेखि विवाद चलेको र जग्गालाई लिएर आफ्नै दाईले हत्या गरेको हुनसक्ने आरोप छ । मृतकका दाजु दिपक लोध फरार छन् ।

राष्ट्रपति पौडेलद्वारा उद्घाटन

पोखरा । राष्ट्रपति रामचन्द्र पौडेल पोखरा महानगपालिका–१८ सराङकोटमा जारी श्रीमद्भागवत ज्ञान महायज्ञ तथा धार्मिक उत्सवमा सहभागी हुन सराङकोट आइपुगेका छन् ।
नेपाली सेनाको हेलिकप्टरमा आएका उनले सराङकोटमा स्थापित पञ्चमुखी गणेश र कैलाशेश्वर शिवालयको उद्घाटन गर्ने कार्यक्रम सएिको छ ।
सराङकोटमा यही फागुन १४ गतेदेखि श्रीमद्भागवत ज्ञानमहायज्ञ भइरहेको छ ।

 

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्चःनेपालराष्ट्रबैंक

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारण गरिएको दरअनुसार, अमेरिकी डलरको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको जनाएको छ । केन्द्रीय बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ७० पैसा र बिक्रीदर १४० रूपैयाँ ३० पैसा कायम भएको छ ।
आजका लागि युरोपियन युरो एकको खरिददर १४५ रूपैयाँ २४ पैसा र बिक्रीदर १४५ रूपैयाँ ८६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७५ रूपैयाँ ८४ पैसा र बिक्रीदर १७६ रूपैयाँ ६० पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५४ रूपैयाँ ७३ पैसा र बिक्रीदर १५५ रूपैयाँ ४० पैसा कायम गरिएको छ ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ८२ पैसा र बिक्रीदर ८७ रूपैयाँ २० पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ ७८ पैसा र बिक्रीदर ९७ रूपैयाँ १९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ६० पैसा र बिक्रीदर १०४ रूपैयाँ ०४ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ २९ पैसा र बिक्रीदर नौ रूपैयाँ ३३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ १९ पैसा र बिक्रीदर १९ रूपैयाँ २७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ २५ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ३३ पैसा र बिक्रीदर ३८ रूपैयाँ ५० पैसा कायम भएको बैङ्कले जनाएको छ ।

यस्तै, थाई भाट एकको खरिददर चार रूपैयाँ ०९ पैसा र बिक्रीदर चार रूपैयाँ ११ पैसा, युएई दिराम एकको खरिददर ३८ रूपैयाँ ०४ पैसा र बिक्रीदर ३८ रूपैयाँ २० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ३१ पैसा र बिक्रीदर ३१ रूपैयाँ ४४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ५७ पैसा र बिक्रीदर नौ रूपैयाँ ६१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ९८ पैसा र बिक्रीदर १३ रूपैयाँ ०४ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ४७ पैसा र बिक्रीदर १९ रूपैयाँ ५६ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ९६ पैसा र बिक्रीदर १८ रूपैयाँ ०४ पैसा, कुवेती दिनार एकको खरिददर ४५२ रूपैयाँ ३५ पैसा र बिक्रीदर ४५४ रूपैयाँ ३० पैसा, बहराइन दिनार एकको खरिददर ३७० रूपैयाँ ६६ पैसा र बिक्रीदर ३७२ रूपैयाँ २५ पैसा, ओमनी रियाल एकको खरिददर ३६२ रूपैयाँ ८६ पैसा र बिक्रीदर ३६४ रूपैयाँ ४२ पैसा निर्धारण गरेको छ । त्यस्तै, भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।

सुदामा ताजा समाचार

वृद्धालाई जवरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ

ताप्लेजुङ, वैशाख २ गते । ताप्लेजुङमा ६९ वर्षीया वृद्धालाई जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीका अनुसार शारीरिक रुपमा समेत...

आजदेखि देशभरिका सबै उद्यम—व्यवसायको तथ्यांक संकलन गरिँदै

२ वैशाख, काठमाडौं । ‘राष्ट्रिय आर्थिक गणना २०८२’ को स्थलगत तथ्यांक संकलन सुरु भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयका प्रवक्ता तथा उपप्रमुख तथ्यांक अधिकारी ढुण्डीराज...

सरकारद्वारा सम्पत्ति जाँचबुझ गर्न आयोग गठन

२ वैशाख, काठमाडौं । सरकारले सम्पत्ति जाँचबुझ छानबिन आयोग गठन गरेको छ । पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको हो...