हिमपात र वर्षाले जुम्लेली किसान खुशी

जुम्ला ।करीव ५ महिना पछि जुम्लामा भएको हिमपात र वर्षाले यहाँका किसानलाई राहत पुर्याए पछि किसानको मुहारमा खुशी छाएको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने जिल्लामा यस वर्ष ढिलोगरी हिउँ र वर्षा भएको हो ।
उच्च ठाउँमा एक फिट जति हिउँ परेको पातारासी गाउँपालिका–१ का स्थानीयवासी मुनबहादुर एडीले जानकारी दिए ।
ढिलोगरी भएको हिमपातपछि आकाशे पानीको पर्खाइमा रहेका किसान भने खुसी भएका छन् ।
जिल्लाका आठवटै स्थानीय तहमा धेरैजसो ठाउँमा सिँचाइको अभाव छ । जहाँ किसानले आकाशे वर्षाको भरमा जौँ,खाद्य वाली लगाउने गर्छन् । हिमपातका कारण जौँ, गहुँलगायत नयाँ स्याउका बिरुवा लगाउन निकै सहज भएको हिमा गाउँपालिका–६ का स्थानीय किसान दुर्गा शाहीले बताए ।

LEAVE A REPLY