प्रधानमन्त्रीद्वारा स्वच्छ प्रतिस्पर्धाका आधारमा मुलुकको विकासमा लाग्न दीक्षित विद्याथीहरुलाई आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले्र स्वच्छ प्रतिस्पर्धाका आधारमा मुलुकको विकासमा लाग्न दीक्षित विद्यार्थीहरुलाइ आग्रह गर्नुभएको छ । साथै उहाँले युवा जगतको चौतर्फी विकासका लागि सरकार हरसम्भव सहयोग गर्न कट्टिबद्ध रहने पनि बताउनुभएको छ ।
सैनिक मञ्च टुँडिखेलमा आयोजित राष्ट्रिय सेवा दल एनसिसीको सिसं. १९ सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज कार्यक्रममलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘जननी जन्मभूमिश्च स्वर्गादपी गरीयसी’ उक्तिलाई आत्मसाथ गर्दै चन्द्र र सूर्य अंकित झण्डाप्रति सदैव अनुशासित भई शिरोपर गर्न सक्ने युवाहरुको खाँचो राष्ट्रलाई रहने भएकाले यो कार्यक्रम नेपाल सरकारको उच्च प्राथमिकतामा परेको बताउनु भएको छ ।
‘तपाईंहरुमाथि तपाईंको अभिभावकको मात्र आशा र सपना निहित नरही तपाईहरुका प्राध्यापक, नातेदार र समाजको पनि सपना र आशा रहेको हुन्छ ।

त्यसैले सर्वोत्कृष्ट समाज निर्माणका लागि यसै युवा अवस्थामा तपाईहरुले आफ्नो मनोबल उच्च बनाउनको साथै कुशल नेतृत्वको विकास, नैतिक आचरण र अनुशासनको पालना गर्दै तपाईहरुको आफ्नो समाज र राष्ट्रप्रतिको कर्तव्य बुझ्ने र त्यसलाई पूूरा गर्न सवल नागरिक बन्ने कार्य पनि शुरु गर्नु पर्दछ’, सेवा दलका प्रमुख संरक्षकसमेत रहेका प्रधानमन्त्री ओलीले भन्नु भयो ।
कार्यक्रममा प्रथम महिला राधिका शाक्य, रक्षामन्त्री मानवीर राई, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी, प्रधानसेनापति अशोकराज सिग्देल, काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनीता डङ्गोल, सुरक्षा निकायका प्रमुखहरुलगायतको उपस्थित रहेको थि यो।

कार्यक्रममा भारत र माल्दिभ्सका एनसिसी र भूटान स्काउटको प्रमण्डल पनि सहभागी थियो ।
युवाहरुको व्यक्तित्व विकास गर्ने उद्देश्यले ‘अनुशासन राष्ट्र सेवाको मुल जग हो’ भन्ने आदर्श वाक्यका साथ वि स। २०२२ सालमा स्थापित सो सेवा दलले युवाहरुलाई अनुशासित, मर्यादित, मुलुकप्रति समर्पित र राज्यका संस्थाप्रति सम्मान गर्ने संस्कारयुक्त नागरिक बनाउनुका साथै विपत्तिको समयमा परिचालन गर्न सकिने तालिमप्राप्त स्वयंसेवक जनशक्ति उत्पादन गर्दै आएको छ ।

LEAVE A REPLY