काठमाडौं । नेपाल बिमा प्राधिकरणले २०८२ साल वैशाख १ गतेदेखि ललितपुरको कुपण्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालय भवनमा बिमा दाबी सम्बन्धी उजुरीहरूको सुनुवाइ गर्ने प्रयोजनका लागि इजलास संचालन गर्ने भएको छ ।
प्राधिकरण संचालक समितिको यही फागुन २७ गते बसेको बैठकले वैशाख १गतेदेखि लागु हुनेगरी प्राधिकरणमा दायर भएका बिमा दाबी सम्बन्धी उजुरीहरूको सुनुवाइ गर्ने प्रयोजनका निम्ति प्राधिकरणको भवनमा इजलास संचालन गरिने भएको हो ।
प्राधिकरण संचालक समितिको बैठकले प्राधिकरणमा दायर भएका बिमा दाबी उजुरीहरूको हकमा साप्ताहिक तथा अन्य पेसी सूची र निर्णयहरू प्राधिकरणको वेबसाइटमा प्रकाशन गर्न समेत व्यवस्थापनलाई निर्देशन दिने निर्णय गरेको छ ।









