उच्छृंखल व्यवहार गर्दै हिँडेका एक दर्जन प्रहरीको खोरमा

काठमाडौं । प्रहरीले होलीको नाममा उच्छृंखल गतिविधि गरेको आरोपमा ११ जनालाई नियन्त्रणमा लिएको छ ।काठमाडौबाट प्रहरीको नियन्त्रणमा आउने तीमध्ये दुई जना महिला रहेका छन् ।
जिल्ला प्रहरी परिसरका अनुसार न्यूरोडबाट तीन जना, कोटेश्वरबाट चार र सिंहदरबारको मूल गेट नजिकैबाट दुइ जनालाई नियनत्रणमा लिइएको हो । हो । दुई महिला ठमेल क्षेत्रबाट पक्राउ परेका हुन् ।
त्यसैगरी ट्राफिक प्रहरीले ४० थान सवारी साधन नियन्त्रणमा लिएको जनाएको छ । तीमध्ये ३९ थान मोटरसाइकल र स्कुटर हुन् भने एउटा कार रहेको स्रोतले जनाएको छ ।

LEAVE A REPLY