गुणस्तरीय चलचित्र निर्माण गर्न सके विदेशी भन्दा स्वदेशी चलचित्र चल्न सक्छन् ः मन्त्री पाण्डे

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले गुणस्तरीय चलचित्र निर्माण गर्न सके विदेशी भन्दा स्वदेशी चलचित्र चल्ने बताएका छन् ।
८ औं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा बोल्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् ।मन्त्री पाण्डेले भने, ‘चलचित्र बनाउने विषय निर्माताको विषय मात्रै होइन । एउटा चलचित्र सफल भएको अवस्थामा निर्माता, निर्देशक र कलाकारसहित समग्र मुलुकले फाइदा लिन सक्छ ।
उनले विश्व सम्पदा सूचीमा समावेश भएका नेपालका धरोहर रहेको उल्लेख गर्दै त्यसलाई समेटेर चलचित्र उद्योगीहरू अघि बढ्न सकेको अवस्थामा नेपालले पर्यटन क्षेत्रमा लाभ लिन सक्ने बताए ।

LEAVE A REPLY