काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विभिन्न कारणले रोकिएको चुनाव चैत्र २० गतेभित्र सक्न सम्बन्धित आंशिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुलाई निर्देशन दिउको छ । ५ चैत्रमा निर्वाचन सक्ने तयारी भएको भए पनि कतिपय आंशिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा चुनावी प्रक्रिया रोकिएपछि त्रिविले शैक्षिक क्यालेण्डरमा असर परेको भन्दै समयसीमा नै तोकेर क्याम्पस प्रशासनलाई निर्देशन दिएको छ । चुनाव लम्बिदै जाँदा शैक्षिक क्यालेण्डर बिथोलिने र पढाई प्रभावित हुने त्रिविका शिक्षाध्यक्ष प्रा।डा। खड्ग केसीको भनाई छ ।
चुनाव भएका कलेजहरुमा केही दिन अघि नेवि संघले ११९, अनेरास्ववियुले ९५ र अखिल क्रान्तिकारीले ८४ क्याम्पसमा जित हासिल गरेका छन् । अन्य चारवटा क्याम्पसमा स्वतन्त्रले जितेका छन् । त्रिविवि प्रशासनका अनुसार चुनाव तय भएका ६२ आंगिक मध्ये २१ र सम्बन्धन प्राप्तमध्ये ३६० को १४० क्याम्पसमा चुनाव हुन बाँकी छ ।