कांग्रेसका कारण गणतन्त्रवादी मोर्चाबन्दी असफल

काठमाडौं । गत फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा हजारौं जनता सडकमा उत्रिए पछि राजावादी गतिविधि बढेकोभन्दै प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र, नेकपा एस, नेपाल कम्युनिष्ट पार्टी र नेपाल समाजवादी पार्टी लगायतले गणतन्त्रवादीहरु एकताबद्ध हुनुपर्ने निष्कर्ष निकालेका थिए । त्यसलाई नेकपा एमालेले पनि सकारात्मक रुपमा लिएको थियो । तर पार्टीभित्रको फरक मतलाई कांग्रेस सभापति शेरबहादुर देउवाले पेलेरै अघि बढ्न नसक्दा गणतन्त्रवादीको मोर्चाबन्दी असफल हुन पुगेको छ ।
सत्ता साझेदार तथा संसदको ठूलो दल नेपाली कांग्रेस नै हिन्दुराष्ट्र र संघीयता खारेजी हुनुपर्ने पक्षमा लागेपछि मोर्चाबन्दी असफल हुनु स्वभाविकै हो ।
विगतमा पूर्वराजा ज्ञानेन्द्र शाहसँग चिढिएका शेरबहादुर देउवाले गणतन्त्रवादीहरु मिल्नुपर्ने कुरामा सहमत भए पनि पार्टी भित्रको दबाब र अन्तर्राष्ट्रिय परिस्थितिको समेत ठोस विश्लेषण नभइसकेको भन्दै मोर्चाबन्दमिा प्रवेश गर्न नचाहेको बताइन्छ । कांगे्रस प्रवक्ता डा।प्रकाशसरण महतले पनि राप्रपाबाहेक सबै दल संविधानको प्रतिरक्षामै भएका कारण मोर्चा
बढी आवश्यक नभएको बताएका छन् ।

LEAVE A REPLY