काठमाडौँ ।नेकपा एकीकृत समाजवादीले तीनकुनेमा भएको आन्दोलनका क्रममा आफ्नो पार्टी कार्यालयमा गरिएको तोडफोड तथा आगजानीको छानबिन माग गर्दै
भोली सोमबार देशभर विरोध प्रदर्शन गर्ने भएको छ ।
पार्टीले घटनाको निष्पक्ष छानबिन गरी त्यसमा संलग्न दोषीलाई कानुनी कारबाहीका लागि दबाब दिने उद्देश्यले विरोध प्रदर्शन एवं सभा गर्न लागिएको सो पार्टीको भनाइ रहेको छ । । पार्टी मातहतका कमिटीले देशभरका पालिका, वडा तह, प्रदेश, क्षेत्रमा विरोध प्रदर्शनको कार्यक्रम रहेको केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए ।
उक्त घटनाबाट पार्टीमा पुगेको क्षति विवरण सङ्कलन गर्न केन्द्रीय उपमहासचिव रामकुमार भट्टराईको संयोजकत्वमा कार्यदल गठन गरिएको छ ।