काठमाडौँ ,नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले चैत १५ गतेको तीनकुने–घटनामा मृत्यु भएका पत्रकार सुरेश रजकका परिवारलाई रजक निवास डल्लु पुगेर भेटेका छन्। भेट पछि रजक घटनाको सत्य तत्थ्य छानविन गरी दोषीमाथि कारबाही गर्ने आश्वासन दिए ।
चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनमा रिपोर्टिङ गर्दैगर्दा त्यहाँस्थित एक निजी घरमा लागेको आगोमा जलेर एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार रजकको मृत्यु भएको थियो।








