काठमाडौँ । शिक्षा ऐनको माग गर्दै चैत्र २० गते देखी आन्दोलन गर्दै आएका शिक्षकहरु सँग नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पहलकद्मी लिने गरी छलफल गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान उनीहरुले आन्दोलनरत शिक्षकका अगुवाहरूसँग समस्या समाधानका विषयमा छलफल गरेका छन् ।शिक्षकहरुले कक्षा १२ को परीक्षामा समेत सहभागीता नजनाउने निर्णय गरेका छन् ।यसले कक्षा १२ को परीक्षा पनि प्रभावित हुने देखिन्छ ।
यता सरकारले भनें आर्थिक वर्ष श्रावण पछि मात्रै कानून बनाएर शिक्षा ऐन जारी गरी शिक्षकहरुको माग पुरा गरि दिने र तत्काल वार्ता गरी शिक्षकहरुले आ , आफ्नो कार्य क्षेत्रफर्किनु पर्ने सरकारले बताउदै आएको छ ।