प्रभु बैंक लिमिटेड तथा गोरखा गार्डन होटलबीच विशेष छुट प्रदान गर्ने सम्झौता

काठमाण्डौ,प्रभु बैंक लिमिटेड र गोरखा नगरपालिका वडा नं.६ अर्घले स्थित गोरखा गार्डन होटल प्रा.लि.बीच व्यवसायिक साझेदारीको लागि मिति २०८२÷०१÷०२ मा एक कार्यक्रमका वीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ
मिति २०८२÷०१÷०२ गते एक समारोहका बीच गोरखा गार्डन होटल प्रा.लि.का तर्फबाट अध्यक्ष सुरेन्द« कुवर, र प्रभु बैंक लिमिटेड तर्फबाट, बैंकका प्रमुख प्रदेश अधिकृत–गण्डकी प्रदेश राजु रानाले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड÷क्रेडीट कार्ड तथा बैकंको अन्य कुनै बिधुतीय माध्यम द्वारा बिल भुक्तानी गर्दा गोरखा गार्डन होटल प्रा.लि.मा उपलब्ध आवास, खाना तथा मनोरञ्जन लगायतका सेवाहरुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
गोरखाको मुटुमा अवस्थित, गोरखा गार्डेन होटल आरामदायी बसाइको लागि न्यानो, परिवारमैत्री वातावरण, आरामदायी आवास र असाधारण सेवाको साथ मिश्रित नयाँ गन्तव्य हुन सक्छ ।

LEAVE A REPLY