काठमाडौं , नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको २६ औँ स्मृति शनिबार मनाइयो । २०५१ सालमा देशको पहिलो प्रधान मन्त्री बन्नु भएका अधिकारीको २०५६ सालको वैशाख १३ गते निधन भएको थियो।
स्व.अधिकारी नेतृत्वको ९ महिने सरकारले गरेका कामको जहिले पनि चर्चा हुने गर्छ। अधिकारी नेतृत्वको सरकारले लोकप्रियनाराल्याएको थियो । तत्कालिन अधिकारी नेतृत्वले ल्याएको ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ कार्यक्रम ज्यादै सान्दर्भिक र लोकपृय बनेको छ । अधिकारी नेतृत्वको सरकारले वृद्धभत्ता वितरण गर्न शुरु गरेको थियो । मासिक १०० बाट शुरु भएको वृद्धभत्ता अहिले चार हजार रूपैयाँ पुगेको छ । यस कार्यले बृद्ध— त्रृद्धालाइ ठूलो राहत पुगेको छ । यो कार्यक्रमले सरकारी सेवा गर्न नपाएका सर्वसाधारणको बृद्ध अवस्थामा आयश्रोतको बाटो बनेको छ ।
नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनको पहिलो पुस्ताका व्यक्तित्व मनमोहनको जन्म १९७८ सालमा काठमाडौंमा भएको थियो। अंग्रेजविरूद्धको भारतीय स्वतन्त्रता संग्राममा समेत भाग लिएका अधिकारीले २००३ सालमा विराटनगरमा भएको ऐतिहासिक मजदुर आन्दोलनको नेतृत्व गरेका थिए।
मनमोहन अधिकारी प्रतिष्ठानले पूर्वराष्ट्रपति विद्या भण्डारीको उपस्थितिमा सानेपा ललितपुरमा स्मृतिसभा आयोजना गरेको थियो ।








