एनएमबि बैंकको कार्यभार गोविन्द घिमिरेको काँधमा

काठमाडौं । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृतमा गमविन्द घिमिरे नियुकत हुनु भएको छ ।यस संगै सीईओ को कार्यभार उ हाँको काँधमा पर्न गएको हो ।
तीन दशक भन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गर्नु भएका श्री घिमिरे विगत १६ बर्ष देखि यस एनएमबि बैंकसँग आबद्ध हुनुहुन्छ ।
बैंकको विभिन्न विभाग तथा शाखाहरु समेतको नेतृत्व गर्नु भई कार्य अनुभव हासिल गर्नु भएका श्री गोविन्द घिमिरे यस अघि बैंकको नायव प्रमुख कार्यकारी अधिकृत हुनुहुन्थ्यो ।
उहाँको योगदानहरू बैंकको व्यापार, वित्त, क्रेडिट जोखिम व्यवस्थापन, रणनीतिक योजना निर्माण र सञ्चालन सुधारका कार्यहरूमा विशेष रूपले महत्वपूर्ण रहँदै आएका छन् ।

उहाँले एनएमबि बैंकको सञ्चालन प्रणालीमा सुधार ल्याउन, प्रविधिमा आधारित सेवा विस्तार गर्न र दिगो बैंकिङ अभ्यासहरूलाई अघि बढाउन निरन्तर सक्रिय भूमिका निभाउनु भएको छ । उहाँको बैंकिङ अनुभवले एनएमबि बैंकलाई थप प्रगति र समृद्धिको मार्गमा अघि बढाउने विश्वास बैंकले लिएको छ ।
नव नियूक्त कार्यकारी अधिकृत श्री गोविन्द घिमिरेले प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हाल्दै बैंक संचालक समिति तथा ब्यवस्थापन समक्ष आगामी योजना तथा बैंकको प्रगतिका लागि निम्नाअनुसार धारणा व्यक्त गर्नु भएको छ ।
“मेरो प्राथमिकता नवप्रवर्तन, दिगो साझेदारी र समावेशी वित्तीय सेवामा केन्द्रित हुनेछ, जसले बैंकलाई अझ प्रभावशाली र अर्थपूर्ण बनाउनेछ । डिजिटल प्रविधि र नयाँ सोचको समावेशसँगै हामी ग्राहक, समुदाय र राष्ट्रसँग मिलेर दिगो र सकारात्मक परिवर्तन ल्याउने दिशामा अघि बढ्नेछौं ।
स्वदेशी तथा विदेशी बैंकहरुमा कार्य गरि कार्य अनुभव प्राप्त गर्नु भएका श्री सुदेश उपाध्याय अन्तराष्ट्रिय व्यापार तथा अन्तराष्ट्रिय सम्बन्धका साथै बैंकिङ्ग ब्यवसाय गहिरो ज्ञान भएका बैंकर मानिन्छ ।
उहाँहरुको नियुक्तिसँगै एनएमबि बैंकले अनुभव र निरन्तरतामा आधारित नयाँ नेतृत्वको स्वागत गर्दै ‘समृद्ध नेपाल’ को उद्देश्य तर्फ कदम अगाडी बढाएकोे छ ।

LEAVE A REPLY