काठमाडौं ,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रचण्डले अहिलेको सरकार सुशासन विरोधी भएको र विचौलियाहरुको सरकार भएको आरोप लगाएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो आरोप लगाएका हुन् ।
उनले अलिकति पनि राजनीतिक विवेक राख्ने, ज्ञान राख्ने मान्छेले अहिलेको सरकार बिचौलियाको हो भनेर स्वीकार गरिसकेको बताए। उनले अहिलेको सरकारले दलाल पुँजीपति, बिचौलिया र नोकरशाहहरुको हित गर्ने, भ्रष्टाचारीहरुको रक्षा गर्ने, राम्रो काम गर्नेहरुलाई प्रताडित गर्ने काम गरिरहेको पनि आरोप लगाए।
सडकमा लाखौँको संख्यामा शिक्षकहरुले आन्दोलन गरिरहँदा उनीहरुका माग पूरा गर्नुको सट्टा उल्टै शिक्षकहरुलाइ अपमानित गरेर अझ अराजक बनेर शिक्षकहरुको मागलाई वेवास्ता गरीरहेको आरोप लगाए ।
अध्यक्ष दाहालले भने, ‘अहिले जो सरकार चलिरहेको छ। त्यो सरकार सुशासनका बिरुद्ध खडा गरिएको विचौलियाहरुको सरकार हो। अब त अलिकति पनि राजनीतिक विवेक राख्ने, ज्ञान राख्ने मान्छे सबैले पनि स्वीकार गर्न थालेका छन्। देशमा अहिले बडो विचित्रको स्थिति बनेको छ। एकातिर सडकमा लाखौँको संख्यामा आन्दोलनरत शिक्षकहरु छन् । झन्डै अब एक महिना हुन लाग्दै छ। तर जसले जिम्मेवारीपूर्वक शिक्षकहरुको माग समाधान गर्नुपर्ने हो त्यो सरकार र सरकारको नेतृत्व अत्यन्त गैरजिम्मेवार ढंगले शिक्षकहरुलाई, शिक्षा क्षेत्रलाई अझ अराजक बनाउने र शिक्षकहरुलाई अपमानित गर्ने काममा लागेको छ।’
अध्यक्ष दाहालले शिक्षकहरुसँग भएका सम्झौता पूर्णतः कार्यान्वयन हुनुपर्ने र शिक्षकहरुसँग भएको पूर्व सहमतिअनुसार , छोटो बाटोबाट गएर ऐन दिनुपर्ने पक्षमा माओवादीकेन्द्र रहेको बताए ।