सरकार र आन्दोलनरत शिक्षकहरुबीच वार्ता विना निष्कर्ष टुंगिएयो

काठमाडौँ । सरकार र आन्दोलनरत शिक्षकहरुबीच वार्ता विना निष्कर्ष टुंगिएको छ । आज बिहान सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा शिक्षामन्त्री रघुजी पन्तको उपस्थितिमा बसेको सो बैठक बिनानिस्कर्ष टुंगिएका हो । छलफल र वार्तालाई निरन्तरता दिने निर्णय भएको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए ।
बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले भने,‘ छलफललाई निरन्तरता दिने कुरा भयो । दुई पक्षीय सहमतिमा फेरि सम्बाद गर्ने निरन्तरता दिने निर्णय भएको छ । अर्को बैठक कहिले बस्ने टुंगो भएको छैन ।’
तर अर्को वार्ताको समय टुंगो लागिनसकेको उनले बताए। वार्तासँगै आन्दोलन पनि जारी राख्ने उनले बताएका छन्।

LEAVE A REPLY