काठमाडौँ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढल्ने हल्ला गर्नेहरु अहिले पुर्पुरोमा हात लागएर बसेको बताएका छन् । पार्टीको ससदीय दलको बैठकलाई सम्बोधन गर्ने क्रममा ओलीले सरकार ढल्ने हल्ला गर्नेहरू सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको जवाफका कारण पुर्पुरोमा हात हालेर थचक्कै ढलेको टिप्पणी गरेका हुन् ।
‘शेरबहादुरजीले हिजै जवाफ दिनुभयो । खुई गरेर पुर्पुरोमा हात लगाएर विचराहरू थचक्क बसे । सरकार ढल्दैन भने पछि थुचुक्कै हुँदा रहेछन्, पुर्पुरोमा हात लगाएर,’ ओलीले भने ।
उनले देउवा थाइल्यान्ड भ्रमणबाट फर्कनुअघि सरकार ढल्ने भन्दै निकै हल्ला भएको उल्लेख गर्दै त्यसको प्रतिवाद गरे ।
उनले भने, ‘हिजोसम्म आगो नै बाल्न खोजेका थिए, शेबहादुरजी फर्केर आउनेबित्तिकै सरकार ढल्छ भनेर, विमानस्थलमा ओर्लिनेबित्तिकै ढल्छ कि जस्तो पारेका थिए, ढल्यो ढल्यो, बांगिसकेको छ, शेरबहादुरजी आउनेबित्तिकै ढलिहाल्छ। मैले साथीहरुलाई भन्दै आइरहेको छु, भ्रम फिजाउने तत्वहरुले भ्रम फिजाइरहन्छन्, यसको पछाडि नकुद्नुस्, काममा लाग्नुस्, मिसन २०८४ मा लाग्नुस्
प्रधानमन्त्री ओलीले विरोधीहरुको हल्लाको पछि नलागेर चुनावको पनि लाग्न निर्देशन दिए ।।








