प्रतिनिधि सभाको बैठक आज विहान ११ वजे बस्ने

काठमाडौं । आज पनि संघीय संसद प्रतिनिधि सभाको बैठक विहान ११ वजे बस्दै छ । । बैठक आज बिहान ११ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।
आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राष्ट्रियसभामा उत्पत्ति भएको ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्
यस्तै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘अर्थ समितिको प्रतिवेदनसहितको भन्सार विधेयक, २०८०’ छलफल र पारितका लागि प्रस्तुत गर्नेछन् ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० छलफलका लागि प्रस्तुत गर्ने लगायतका कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । ।

LEAVE A REPLY