काठमाडौं । नेपाल राष्ट्रबैंको गर्भनर कसलाई बनाउने भनेर नेपालीकांग्रेसको आज बसेको पदाधिकारी बैठकले्र ठेगान लागाउन सकेन । यस अघि नेपाली कांग्रेसले नेपाल राष्ट्रबैकका कार्यकारी निर्देक गुणाकरभट्ट लाई गभर्नर बनाउने इच्छा राखेर कार्यकारी निर्देशक पदबाट राजीनामा दिन लगाएक पनि नेपाल राष्ट्र बैंकको कायममुकाय गभर्नर नीलम ढुंगानाले कार्यकारी निर्देशक गुणाकर भट्टको राजीनामा स्वीकृत नगरेपछि दोस्रो व्यक्ति अघि सार्नुपर्ने गरी छलफल भएको छ ।
केहि दिन अघि सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा भएको पदाधिकारी बैठकमा सहभागी एक नेताले सभापति देउवाको बोली उद्धृत गर्दै भने, ‘गभर्नर कांग्रेसलाई दिने भइसक्यो । गभर्नर हाम्रै मान्छे पठाउने हो । भट्टजीको भए हुन्छ, नभए अर्को मान्छे पठाउनु पर्यो ।’
भट्ट गभर्नर हुन नसक्ने स्थिति बने दोस्रो व्यक्ति कसलाई अघि सार्ने भन्नेबारे भने कग्रेस टुंगोमा पुगिसकेको छैन ।
कामु गभर्नर ढुंगानाले पदीय भूमिका अनुसार जिम्मेवारी निर्वाह नगरेको भन्दै नेताहरूले असन्तुष्टि पोखेका थिए । बैठकमा सहभागी नेताका अनुसार ढुंगानाले भट्टको राजीनामा स्वीकृत नगर्नुमा एमाले प्रति आशंका समेत गरेका छन् ।
कामु गभर्नर ढुंगानाले हालसम्म भट्टको राजीनामा स्वीकृत गरेकी छैनन् । अर्थमन्त्री विष्णु पौडेलले भट्टको राजीनामा स्वीकृत गर्न निर्देशन दिए पनि उनले टेरिनन् ।
ढुंगानाले राजीनामा नगर्ने अडान लिएपछि उनलाई एमालेले भित्रि रूपमा सघाएको आशंका कांग्रेसमा बढ्दै गएको छ । ढुंगानाले राजीनामा स्वीकृत नगर्नुमा एमालेको षड्यन्त्र रहेको शीर्ष तहका एक नेता दाबी गर्छन् ।
‘एमालेले नखेलेको भए कार्यवाहक गभर्नरले राजीनामा स्वीकृत गर्दिनँ भन्न पाइन्छ त ?’ उनी भन्छन्, ‘स्व–इच्छाले राजीनामा दिन पनि नपाइने ? एउटा व्यक्तिले राजीनामा गर्दा उनले रोक्न मिल्छ ? गभर्नर नियुक्तिमा भयंकर राजनीति र षड्यन्त्र भएको छ । षड्यन्त्र गराउने खेलमा नीलम देखिने गरेर लागिन् ।’ढसंगानाले भट्टको राजीनामा नदिए पनि कांग्रेसले चाहेको व्यक्ति गभर्नर हुनेमा भने नेताहरू ढुक्क देखिएका छन् । देउवाले पार्टी बैठक र सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी ओली गभर्नर कांग्रेसले चाहेको व्यक्ति हुने विश्वस्त बनाएको जानकारी गराएका छन् ।








