संविधान संशोधन राष्ट्रिय सहकतिका आधारमाःप्रधान मन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन राष्ट्रिय सहमतिका आधारमा अघि बढाउने बताएका छन्।
सहमतिका लागि अधिकतम सहमति खोज्ने र सबैको इच्छा बुझेर निर्णय गर्ने उनको भनाइ छ।
हिंसात्मक गतिविधि कानुन अनुसार नियन्त्रण गर्ने स्पष्ट पारिएको छ।
लोकतन्त्र सुदृढीकरण र समाजवादोन्मुख लक्ष्य क्रमिक रूपमा हासिल गर्ने योजना छ।
२८ बैशाखमा राष्ट्रिय सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा आएका जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री ओलीले कांग्रेस र एमालेबीच भएको सहमति अनुसार संविधान संशोधन गरिने बताए । संविधान संशोधनका लागि अधिकतम सहमति खोज्ने उनको भनाइ छ ।
उनले सरकारमा रहेका व्यक्तिहरूको इच्छाले नभई सबैको इच्छा बुझेर सहमति खोजेर संविधानको संशोधन गर्ने स्पष्ट पारे ।
उनले स्थिरता, सुशासनका साथै मुलुकलाई विकासको बाटोतर्फ अघि बढाउने गरेर सरकारको कार्यक्रम आएको बताए ।
प्रधानमन्त्री ओलीले जनताले फालेको राजसंस्थाका नाममा हुने हिंसात्मक गतिविधि स्वीकार्य नहुने भन्दै यसलाई कानुन अनुसार नियन्त्रण गर्ने स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीले संविधानले समाजवादोन्मुख व्यवस्था गरेका सन्दर्भमा क्रमिक रूपमा उक्त लक्ष्य हासिल गर्दैै अघि बढ्ने धारणा राखे
त्यस्तै, उनले लोकतन्त्रको सुदृढीकरणका लागि वर्तमान सरकार बनेकाले संविधान, कानुनको पालना गरी उत्पन्न समस्या समाधानको हरसम्भव प्रयास हुने स्पष्ट पारे ।
सचिवालयले यही वैशाख २२ देखि २८ गतेसम्म सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने कार्यसूची यसअघि नै तय गरिसकेको छ ।सं
यही वैशाख ३० गते विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ हुनेछ । नेपालको संविधानअनुसार प्रत्येक वर्ष जेठ १५ गते सरकारको आगामी आर्थिक वर्षको बजेट संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीले प्रस्तुत गर्ने व्यवस्था छ ।

LEAVE A REPLY