हिमाल आरोहणबाट ७७ करोड रोयल्टी सङ्कलनः पर्यटन विभाग

यस वर्षको वसन्त ऋतुमा हिमाल आरोहणबाट ७७ करोड रुपैयाँभन्दा बढी रोयल्टी सङ्कलन भएको छ।
सगरमाथाबाट मात्रै ६७ करोड ६० लाख रुपैयाँभन्दा बढी रोयल्टी प्राप्त भएको छ।
विश्वभरबाट ५७ देशका आरोहीहरूले सगरमाथा लगायत अन्य हिमालहरू आरोहण गर्न अनुमति लिएका छन्।
२९ वैशाख, काठमाडौँ । यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रुपैयाँ भन्दा बढी रोयल्टी सङ्कलन भएको छ ।
पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार आइतबारसम्म ७७ लाख ३५ लाख ८७ हजार ९१५ रुपैयाँ रोयल्टी जम्मा भएको हो ।
सगरमाथाबाट मात्रै ६७ करोड ६० लाख ९ हजार २८ रुपैयाँ रोयल्टी प्राप्त भएको छ । सर्वोच्च शिखर सगरमाथासहित २६ हिमाल आरोहणका लागि ११९ आरोही समूहका दुई सय ४० महिला र ८८७ पुरुष गरी कूल एक हजार १२७ जनाले आरोहण अनुमति लिएका छन् ।
विभागका निर्देशक लीलाधर अवस्थीका अनुसार सबैभन्दा बढी सगरमाथा आरोहणमा ४५ आरोही समूहका ८४ महिला र ३७२ पुरुष गरी कूल ४५६ आरोहीले आरोहण अनुमति लिएका छन् ।आरोहण अनुमति जारी नै रहेको छ ।

 

LEAVE A REPLY