नेपाल टेलिकमको नाफा ४८ प्रतिशत घट्यो

नेपाल टेलिकमको नाफा ४८.६ प्रतिशत घटेर ९ महिनामा २ अर्ब ८४ करोड २२ लाख रुपैयाँमा झरेको छ।
गत वर्षको सोही अवधिमा नाफा ५ अर्ब ५३ करोड ७५ लाख रुपैयाँ थियो।
मुख्यतः ब्याजवापतको आम्दानीमा उच्च गिरावट आएपछि नाफामा असर परेको हो।
वार्षिक प्रतिसेयर आम्दानी ४१ रुपैयाँबाट २१ रुपैयाँ ५ पैसामा खुम्चिएको छ।

LEAVE A REPLY