देशी विदेशी शक्ती मिलेर एमाले सक्ने भए ः प्रधान मन्त्री
प्रधानमन्त्री एवं नेकपा केपी शर्मा ओलीले पार्टी सिध्याउन देशी विदेशी शक्ति लागिपरेको बताएका छन्। शनिवार काठमाडौँमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले एमाले पार्टी फुटाउन तत्कालीन समयमा देशी विदेशी शक्ति लागिपरेको भन्दै आफूले एमालेलाई सकिनबाट जोगाएको तर्क गरे।
उनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालप्रति लक्षित गर्दै पार्टी फुटाएर गएर एकीकृत बनाउने भन्दै टिप्पणी गरे। उनले एकता अभियानका संयोजक वामदेव गौतमप्रति कटाक्ष गर्दै पार्टी एकजुट राख्नेतिर नउभिने, पार्टी फुटाउन हुँदैन भन्नेतिर नउभिने अनि एकता अभियान चलाउने भनेर फोस्रो नारा दिँदै विभाजनमा मद्दत गरेको आरोप लगाए।
उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तत्कालीन नेकपा कालमा अध्यक्ष भएर पार्टी फुटाउने काम गरेको आरोप लगाए। उनले तत्कालीन सभामुख अग्नि सापकोटाले पनि सभामुख भएर अवैधानिक कदम चालेको आरोप लगाए।
प्रधानमन्त्री ओलीले भने, ‘देशी, विदेशीको एउटै उद्देश्य नेकपा एमाले सिध्याउने थियो। त्यसमा नसकेपछि त्यसको वाहक पार्टीभित्रकै नेता भएनन्। प्रचण्ड नै हो पार्टी फुटाउने। सभामुख भएर गर्नसम्म गर्ने तिनै अग्नि सापकोटा हुन्। असंवैधानिक ढंगले चल्ने। यिनीहरू नै त हुन् नि। माधव नेपाल, झलनाथ खनाल। पार्टी फुटाउने वेला वामदेव गौतम राष्ट्रिय एकताको महाभियान चलाउने अरे। पार्टी फुटाउने अनि एकीकृत पार्टी भन्ने।’

प्रधानमन्त्री ओलीले नेपालीहरू विभाजित हुन नहुने बताए।

LEAVE A REPLY