हाम्रा लगनशील विद्यार्थीहरु यसरी रमाउँछन् नील बहादुर आचार्य “आनिवक्ष पियूषी” लगनशील भन्नाले मिहनतको पाटोलाई सम्झौं । जब पढाइका आधारभूत कुराहरुमा रस भिच्छ, तब त्यो रस पाइरहने अवस्थाको लागि आआफु लागि परिन्छ । त्यही अनुसारको क्रियाकलाप गरिन्छ । जुन जुन कुराहरु सिक्दै जाँदा हामी शिक्षार्थीहरु हाम्रो कल्याण फेला पार्छौ, त्यति बेला नै हामी र हाम्रा विद्यार्थीहरु पनि खुशी साथ सिकी सकेका कुराहरुलाई जीवनभर व्यवहारमा उतारेर सुखी र खतरामुक्त जीवन जिउने विश्वासमा दत्तचित्त लगाएर राम्रा राम्रा कामहरु सम्पन्न गर्दै अगाडि बढ्न सक्यौ भने मात्र हामी रमाउँछौं । पढाइद्वारा रमाइने विभिन्न अवस्थाहरु यसरी प्रस्तुत भएका छन् । — विद्यार्थीहरु आफुले सिक्नै पर्ने जान्नै पर्ने विषयवस्तुहरु तल्लीन भएर लागेका हुन्छन् । — आफुले सिकेर जान्नुपर्ने विषयवस्तुहरुलाई अधकल्चो पारेर नछोडी पूर्ण रुपमा पारंगत गरेर सफलता हाँसिल गर्छन् । — सिकी जानेका विषयवस्तुका तात्विक कुराहरुलाई व्यवहारमा उतार्दै सम्भाव्य उपलब्धीहरु लिन उद्यत रहन्छन् । — आफूले पढि गुनी जानेका ज्ञान, गुण र सीपहरुको आधारमा उन्नतका मार्गहरु पत्ता लगाउन व्यस्त रहन्छन् । — आफूले आर्जन गरेको ज्ञान, गुण र सीपहरुको भरले सृजनात्मक एवम् रचनात्मक कामहरु सम्पन्न गर्न अग्रसरता देखाउँछन् । — आफुले जानेको ज्ञान, गुण र सीपलाई सफलतापूर्वक कार्य क्षेत्रमा उतार्दछन् । — आफुले जानेको ज्ञान, गुण र सीपलाई व्यवहारमा उतार्न सकिने कार्य क्षेत्रहरुको थप तरिकाले खोजी पनि गर्दै रहन्छन् । — आफुले जानेको ज्ञान, गुण र सीपहरुलाई उच्च भावनाको साथमा कार्य क्षेत्रमा उतारेर अर्थोपार्जन गर्ने योजना बनाउँछन् । — कार्यक्षेत्रमा उत्रिदाको विडम्बना र गर्नै नसक्ने अवस्था देखा पर्ने हैसियत राख्दैनन् । — राष्ट्रिय सामाजिक एवम् पारिवारिक अप्ठ्यारोहरुमा साथ दिन सक्रिय रहन्छन् । — पढाइको शिलशिलामा आफुले जानेका ज्ञान, गुण र सीपहरुलाई मानवीय सद्गुणहरुसँग गाँसेर अघि अघि बढ्छन् । — आफुले सिकी जानेका ज्ञान, गुण, सीप एवम् दक्षताले आआफ्नो जिम्मेवारी पुरा गर्न सघाउ पुर्याउँदै छ कि छैन खूब ध्यान दिन्छन् । — आ–आफ्नो कार्यकुशलताको गुणस्तरलाई बढाउने कुरामा र बढेको कार्य कुशलताको गुणस्तर बिग्रिन्छ कि भनेर खुबै चनाखो रहन्छन् । — आआफ्नो कार्यकुशलताको प्रभाव सम्पन्न हुँदै गरेको कार्य क्षेत्रमा कस्तो पर्दैछ भनेर पनि अध्ययन गर्छन् । — आआफ्नो ज्ञान, गुण र सीपको आधारमा विकसित भएको कार्यकुशलताको स्तर उन्नति गर्न लागि पर्छन् । — आआफुले सिकी जानेका विषयवस्तुहरुको आधारमा देखाउन सकिएको कार्यकुशलताहरुका मानवीय महत्व बारे बुझ्न पछि पर्दैनन् । — जुनसुकै विषय९क्षेत्र०मा कार्यकुशलता हाँसिल गरेको भएता पनि आआफ्नो स्वास्थ्य तन्दुरुस्त राख्ने आकर्षक व्यवहार देखाउँछन् । — आफ्नो आफ्नो कार्यकुशलतालाई वैज्ञानिक रुप दिने सफलता हाँसिल गर्दै पारिवारिक, सामाजिक, राष्ट्रिय एवम् मानवीय योगदान दिन अग्रसरता देखाउँछन् । — आआफ्नो कार्यकुशलतालाई आकर्षक ढंगबाट परिचालित गर्न साधन सम्पन्न भएर अघि बढ्न सफलता हात पार्छन् । — राष्ट्रमा, समाजमा र आफ्नै अन्तर परिवारमा देखा पर्न सक्ने चुनौतीहरुमा आफै कार्यकुशलताको क्षेत्रबाट सहयोग पुर्याउन चासो देखाउँछन् । — आफ्नो जीवन विचरणका लागि मानवीय आवश्यकताहरु पुरा गर्न यथेष्ट प्रयत्नहरु गर्छन् । — विवेक९बमार्मिकता बुझ्ने यथेष्ट बौद्धिक क्षमता९पूर्ण व्यवहारलाई प्राथमिकता दिन्छन् । — मानवीय दोषरहित भै यथेष्ट उन्नती गर्छन् र अरु कसैलाई पनि पुग्छ कि भनेर आफु चनाखो रहन्छन् । — मानवताको अधिकतम हित गराउने संस्कार र संस्कृति विकसित गर्न चासो राख्छन् । — लगनशील विद्यार्थीहरु आआफ्नो लक्ष्यमा पुग्न आवश्यक उपायहरु अपनाउँदै अघि बढ्छन् । — व्यापक ज्ञान, बलियो शरीर, उच्च नैतिकता, आवश्यक शक्ति सम्पन्नता र व्यवहारिक योग्यताद्वारा ओजश्वीता बढाउँदै सक्रिय रहन्छन् । — आफ्नो घरलाई स्तरीय बनाएर प्रतिष्ठा कायम गर्दै अग्रगामी पाइला चाल्छन् । — उत्कृष्ट सभ्यता भएको समाजमा भिज्न खूब मन पराउँछन् । — निकृष्ट मानिसको संगत आइ लागेमा त्यसलाई सुधार्न प्रयत्न गर्छन् तर सुध्र्रिएन भने संगत गर्दैनन् ।

LEAVE A REPLY