पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपालमाथिको भ्रष्टाचारको मुद्दामा राजनीतिक प्रतिशोधसाँधीएको बताएका छन्।
विपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै प्रचण्डले प्रधानमन्त्री ओलीको प्रतिशोधको गन्ध आएको बताएका हुन्। अदालतले न्याय गर्ने भन्दै प्रचण्डले भने, ‘प्रधानमन्त्रीजीको अलिकति राजनीतिक प्रतिशोधको गन्ध त आएकै छ।’
ललितानिवास प्रकरणमा बाबुराम भट्टराई र माधव नेपालको विषय आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भन्दै पन्छिएको अख्तियारले अहिले सोही प्रकृतिको मुद्दामा मुद्दा चलाएकाले प्रश्न उब्जिएको प्रचण्डको भनाइ छ।








