एमालेमा ७० वर्षे उमेरहदबारे ओली— पोख्रेल विच फरक मत

नेकपा एमालेको आगामी विधान महाधिवेशनमा ७० वर्षे उमेर हदको प्रावधान बहसको विषय बन्ने निश्चित भएको छ।
ओली र पोखरेलले यस विषयमा फरक धारणा व्यक्त गरेका छन्।
ओलीले आफु अध्यक्ष पदमा दोहेरिने मनसायले ७० वर्षे उमेर हदको व्यवस्था फेल भएको बताएका छन् भने पोखरेलले यसलाई कायम राख्ने पक्षमा छन्।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अलग सन्दर्भमा दिएको सार्वजनिक वक्तव्यले यो एजेण्डा एमालेभित्र पेचिलो बन्ने प्रष्ट बनेको छ ।

कीर्तिपुरमा अनेरास्ववियुको २४औं राष्ट्रिय सम्मेलन उद्घाटन गर्दैप्रधानमन्त्री ओलीले उमेर हदको विषय फेल खाइसकेको जिकिर गरेका छन् । आफू ७४ वर्ष पुग्दा पनि एमालेको अध्यक्ष रहेको सन्दर्भसहित ओलीले उमेर हदको विषय फेल खाइसकेको तर्क गरेका छन्, ‘अहिले म ७४ चल्दैछु, ७० मा रिटायर्ड हुने भन्ने कुरा फेल खाएन ?

अझ अगाडि बढेर चिनियाँ राष्ट्रपति सी जिङफिङले पनि दुई कार्यकाल मात्र कार्यकारी प्रमुख बन्ने व्यवस्था तोडेको उदाहरण दिएका थिए । ‘चीनमा दुईपटक मात्र अध्यक्ष हुन पाउने नियम बनाएको थियो’, ओलीले तर्क गरे, ‘सी जिङफिङको नेतृत्वको आवश्यकता देखेपछि चिनियाँ कम्युनिष्ट पार्टीले ६५ वर्षे हद लगाएको थियो, तर अहिले ७२ पुगिसक्नुभयो सी जिङपिङ ।’
अनेरास्ववियुको सम्मेलनमा मात्र नभएर ओलीले एमाले अध्यक्ष नछोड्ने दावी सहित बारम्बार सार्वजनिक अभिव्यक्ति दिने गरेका छन् ।
‘हाम्रो पार्टीको विगतको महाधिवेशनले दुई कुरा नेतृत्वको बारेमा गरेको छ । एउटा कुरा– उमेरको सीमा तय गरेको छ, ७० वर्ष । अर्को– लगातार दुईपटक भन्दा बढी कार्यकारी नहुने, डिस्कन्टिन्यू हुनुपर्छ भन्ने प्रावधान छ’ पोखरेलले भनेका छन् ।
तर एकीकृत समाजवादी सहितका केही पार्टीबाट आउने नेताहरुका लागि भनेर अन्तरिम कालका निम्ति ७० वर्षे सीमा हटाइएको पोखरेलले बताएका छन् । ‘त्यो व्यवस्था पार्टी सचिवालयबाट ७० वर्षे उमेर सीमा निलम्बन गर्ने निर्णय फर द टाइम बिइङ अन्तरिम एरेन्जमेन्ट गरेको हो, त्यो चाहिँ आउने महाधिवेशनले अनुमोदन गर्छ कि गर्दैन हेर्नु पर्नेछ’ वरिष्ठ उपाध्यक्ष पोखरेलले भनेका छन ।
हाम्रो पार्टीको विगतको महाधिवेशनले दुई कुरा नेतृत्वको बारेमा गरेको छ । एउटा कुरा– उमेरको सीमा तय गरेको छ, ७० वर्ष । अर्को– लगातार दुईपटक भन्दा बढी कार्यकारी नहुने, डिस्कन्टिन्यू हुनुपर्छ भन्ने प्रावधान भएको पोख्रेलको भनाई छ ।

 

LEAVE A REPLY