अब बन्लान् नदी–खोला ढलमुक्त 

भोजकुमारी खड्का
उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले उपत्यका भित्र बग्ने, बागमती, विष्णुमति, मनोहरा, टुकुचा, धोवीखोलालगायतको स्तरोन्नती गर्न आर्थिक वर्षको बजेटमा ३ अर्ब ४२ करोड रुपैयाँ विनियोजन गरेको र यसबाट उपत्यकामा बग्ने नदी, खोला ढलमुक्त हुने बताउनुभएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणलले गोकर्णेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री सिंहले यस्तो बताउनुभएको हो ।
विगतका वर्षहरुमा पनि सरकारले उपत्यका भित्रका नदी, खोलाको स्तरोन्नती गर्न भनेर यसरी बजेट नछुट्याएको होइन तर अहिलेसम्म उपत्यका भित्र बग्ने नदी खोलाको हालत उस्तै छ । बागमती, विष्णुमति, धोवीखोला, मनोहरा लगायतका खोला नदीमा ढल मिसाइरहिएकै छ । कुनै कुनै बेला खोलामा थुप्रिएका फोहर टिप्ने काम मात्रै भइरहेको छ ।
ढलमुक्त बनाउने सम्बन्धमा कुनै चासो राखिएको छैन । त्यसैले यो आर्थिक वर्षको बजेटले पनि उपत्यकाभित्र बग्ने नदी खोला ढलमुक्त हुन्छ भन्ने
कुरामा पूर्ण रुपमा विश्वस्त हुने ठाउँ छैन ।
उपत्यकाभित्र बग्ने नदी खोलाको स्तरोन्नती गर्ने क्रममा खोला सफा राख्ने र सडकका दाया र बायाँ रोपिएका विरुवाको संरक्षण गर्ने काम स्थानीय जनताको पनि हो तर त्यस्तो काम नगरेर राति–राति लुकीलुकी नदी खोलामा फोहर फाल्ने र विरुवा भाँच्ने काम स्थानीयबाटै भइरहेको छ । सरकारले बसाएको जगको संरक्षण गर्दै इटा थप्न सहयोग गर्ने काम स्थानीयको हो तर स्थानीयस्तरबाट पनि त्यस्ता काम हुन सकेका
छैनन् । पदाधिकारीहरुबाट हुने भ्रष्टाचार नरोकिएसम्म र स्थानीय निकायमा रहने व्यक्तिहरुले सचेतना न अपनाएसम्म जति बजेट विनियोजन गरे पनि नदी स्वच्छ र हराभरा राख्न सम्भव छैन ।

LEAVE A REPLY