आखिर मानिस कहाँ अलमलिदै छ त ?

आनिबक्ष पीयूषि
— सन्तुलित भोजन खाएर बाँच्ने हुँ भन्छ मान्छे, पैसाले गर्दा खानै सक्दैन ।
— पढेर जान्ने हुन खोज्छ मान्छे, अधकल्चो पढाइले उसलाई पछि पार्दैछ ।
— डाक्टरी विद्या पढेर मानव सेवामा लाग्न शुभेच्छा प्रकट गर्छ मान्छे, राम्रो गर्छु भन्दाभन्दै चुक्न पुग्छ ।
— गृहस्थी भएर नामी व्यवहार चलाउँछु भन्छ, नानाभातीका समस्याले पोको पार्छ ।
— उद्योगधन्दा खोलेर, देशको सेवा गर्न मन गर्छ, कच्चा वस्तु नपाएर कारखान थोत्र्याउँछ ।
— साहित्य सृजना गरेर मानवता उजिल्याउनतिर लाग्छ, छापिएका पुस्तकहरु थोत्रिएर जान्छन्, ऊ छक्क पर्छ ।
— खेती किसानी गरेर, मानिस पाल्ने मेलो गर्छ, असन्तुलित मौसमी परिवर्तनले हैरान पार्दैछ ।
— अग्रजहरुको उच्च आदर गर्न दाउ हेर्छ, युवती श्रीमतीको रुन्चे मुस्कानले बाटो दिदैन ।
— शिक्षक भएर ज्ञान, गुण, सीप बढाउँदै लैजाउ भन्छ, विद्यालयको सुगा रटाइले हैरान छ ।
— राजनीति गरेर जनता खुशी पारौं कि भन्छ, ज्यानको चाजो पाँचो मिलाउँदा मिलाउँदै समयले डाँडो काटी सक्छ ।
— वैज्ञानिक भएर नयाँ नयाँ सृष्टि गर्न खोज्छ, खर्चले नभ्याउँदा हिस्स पर्छ ।
— धेरै सम्पत्ति कमाएर मख्ख परौं कि भन्छ, कमाउँदा कमाउँदै अलबिदा हुने बेला पो भएछ ।
— आत्मालाई चिनेर आत्मोन्नती गर्ने जमर्को गर्छ, खोइ के गर्नुरु शास्त्र पढ्दा पढ्दै वृद्ध भैसकेछ ।
— प्राकृतिक आहा विहारबाट निरोगी बन्न खोज्छ मान्छे, यही धर्तिको प्रदुषणले गाँजिरहन्छ, उसलाई ।
— शिक्षाको पाटोलाई समय सापेक्ष सुधारौं कि भन्छ, राज्यका व्यवस्थापकहरुलाई त्यतातिर ध्यान दिने फुर्सदै छैन ।
— मान्छेको लागि मान्छे दयाको सागर बन्न चाहन्छ, विडम्बना यस्तै छ, उसलाई उहीसँग भएको दम्भले गर्दा त्यसै अलपत्रिन्छ ।
— खोज्न त खोज्छ मान्छे सुखका कल्पवृक्षहरु खोजिरहेछ, तर प्रतिकूल वातावरणले गर्दा ऊ तड्पिरहेछ ।
— के के गर्दा चाहि ठीक हुन्थ्यो थाहा पाउँदैन मान्छे, जे मन लाग्यो त्यही गर्छ, अनि खूब दंग पर्छ ।
— मान्छेको जीवनमा सुविधा लिनेभन्दा दिने काम महान हो कसले बुझिदिनेरु आआफुलाई फुर्न गाह्रै पर्ला, कसले सम्झि लिने रु
— आफैले गर्दा कहाँ धक्का पुग्यो उसलाईरु बुझिरहने फुर्सद छैन, अरुको भलो चिताउनेले सम्झाई बुझाई गर्दा भने, फरक पर्ने होइन ।
— गर्नैपर्ने काम जो नगरी नहुने काम नगरेपछि धोखा खाइन्छ । मार्मिकता बुझेर काम नगरे त दुःख पाइन्छ ।

LEAVE A REPLY