काठमाडौं । केही वर्षअघि विश्वमहामारीका रुपमा फैलिएको कोरोना भाइरसको जोखिम पुनः बढ्ने सम्भावना बढ्दै गइरहेको छ । नेपालमा मत्थर भैसकेको कोराना छिमेकी मुलुक भारतमा फैलिन थालेको छ र त्यहाँबाट नेपाल फर्किने व्यक्तिहरुमा कोरोना पनि सँगै आउने गरेकोले नेपालमा कोरोनाको उच्च जोखिम बढ्दै गएको हो । नेपालमा त्यस्तो जोखिम बढ्नुको कारण नेपाल–भारतबीच खुला सिमा हुनु र दिनहुँ हजारौंको संख्यामा मानिसहरु ओहर–दोहर गर्नु हो । ठूलो संख्यामा ओहर–दोहर हुने गर्दा केहीमा कोरोना पनि भएको र सबैलाई परिक्षण गर्न किटको अभाव हुने भएकोले कोरोना नेपाल भित्रिई सकेको सहजै अनुमान गर्न सकिन्छ ।
केही दिन अघि भारतबाट नेपाल भित्रिने व्यक्तिहरुमा कोरोना परिक्षण गर्दा दिनहु जस्तो मित्रनगर नाकामा कोरोना पोजेटिभ भेटिएको सुदूरपश्चिम नाका मित्रनगरका स्वास्थ्यकर्मीहरुले बताएका छन् ।









