किन परे, सुविधानगर र च्यासल डुबानको उच्च जोखिममा ?

काठमाडौं । सुविधानगर, तीनकुने र ललितपुरको च्यासल डुवानको उच्च जोखिमममा रहेको मौसम पूर्वाअनुमान महाशाखाले जानकारी गराउँदै सतर्कता अपनाउन त्यस क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ । गत साल असोजको दोस्रो साता परेको अविरल वर्षाले डुवानमा परेको सो क्षेत्रमा अहिले झन् डुबान हुने मौसम पूर्वाअनुमान महाशाखाले जानकारी दिएको छ । उसका अनुसार गत वर्षको भन्दा अझ ठूलो अविरल वर्षा यो वर्ष हुँदै छ ।
त्यो क्षेत्रमा डुबान हुने खास कारण मनोहरा खोलाको अतिक्रमण भएको दीपनगर टोल सुधार समिति कोटेश्वर अध्यक्ष नानीकाजी केसी सिलवालको भनाइ छ । उनको अनुसार मनोहरा खोलामा गरिएको पुलको गलत डिजाइन र च्यासल रंगशालाद्वारा गरिएको खोला अतिक्रमणका कारण सो क्षेत्र डुवानमा पर्ने गरेको छ । डुवान हुनबाट बचाउन अर्को नयाँ पुल बनाएर खोलाको अतिक्रमण हटाउनुको विकल्प नभएको उहाँको भनाइ छ । त्यसैगरी डुबानको समस्याबाट मुक्त हुनको लागि त्यो पुल भत्काएर अर्को नयाँ पुल बनाउनुपर्ने सुझाव सडक विभागका पूर्व महानिर्देशक अर्जुनजंग थापाले सुझाव दिनुभयो ।

LEAVE A REPLY