अख्तियारले सक्रियता बढाउँदै, ठुलामाछा च्याप च्यापी समाइदै

काठमाडौं । भ्रष्टाचारीलाई निष्पक्ष रुपमा कारवाही गर्ने अधिकार पाएको संस्था अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समय एकैदिन १३ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । यसअघि अर्थात गत विहिबार अख्तियारले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनालाई भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा चलाएको थियो । कारवाहीका क्रममा केही दिन अघि खोटाङका तत्कालीन जि।शि।अ। ज्ञानमणि नेपालसहति सात जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । त्यसैगरी अख्तियारले श्रीकृष्ण उच्च माध्यमिक विद्यालय टेम्माको चारकोठे भवन निर्माण गर्दा भ्रष्टाचार गरेको आरोपमा तत्कालिन जि।शि।अ, तत्कालिन इन्जिनियर वृधन यादव, सवइन्जिनियर शिवराज राई, विद्यालयका तत्कालिन प्रधानाध्यापक खेमराज मगर, विद्यालय व्यवस्थापन समितिका तत्कालिन अध्यक्ष्ँ टीकाराम राई, विद्यालय भवन बनाउने ठेकेदार जयप्रसाद राईविरुद्ध मुद्दा दायर गरेको थियो । उनीहरुले विद्यालय भवन निर्माण गर्दा फर्जि बिल भर्पाइका आधारमा रकम निकाशा गरेका थिए । उनीहरुले २५ लाख, ५० हजार रुपैयाँ बराबर हिनामिना गरेको अख्तियारको आरोप छ ।
यसैगरी अख्तियारले विभिन्न निकायमा अनुसन्धान गरी शंका लागेको र उजुरीका आधारमा मुद्दा दायर गर्ने नीति लिएको बुझिएको छ ।

 

LEAVE A REPLY