काठमाडौं । एमालेमा पार्टी अध्यक्ष हुने हैसियतमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र वर्तमान एमाले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्माभन्दा बाहेक अरु नभएको महसुस भएपछि एमालेको ११औं महाधिवेशनमा भावी अध्यक्ष विद्याकी ओली ? भन्नेमा चर्चा परिचर्चा चल्न थालेको मात्रै छैन, प्रधानमन्त्री ओलीको टाउको दुखाईको विषय बन्न समेत पुगेको छ । किन की पूर्वराष्ट्रपति विद्या भण्डारीको चीनदेखि ओलीको गृह जिल्ला झापासम्मै सक्रियता बढ्दै गएको छ । पछिल्लो समय भण्डारी विभिन्न सभा समारोहमा प्रमुख अतिथिका रुपमा आमन्त्रित हुने र पार्टीको तल्लो तहसम्मका नेता तथा कार्यकर्ता लाई भेटेर सक्रियतालाइ अघि बढ्न थालेपछि राजनीतिमा भण्डारीको सक्रियता तीब्र रुपमा चर्चा, परिचर्चा बढ्न थालेका देखिन्छ । त्यसो त भण्डारीको सक्रियता पार्टी भित्र मात्र बढेको छैन, वैदेशिक भ्रमणका बेला पनि विदेशीले भण्डारीलाई पार्टी नेतृत्वकै भूमिकामा आदर सम्मान गर्न थालेको कुरा हालै भण्डारीको १०दिने चीन भ्रमणको क्रियाकलापले देखाएको छ । चीन भ्रमणका क्रममा भण्डारीले चीनका उपराष्ट्रपति हान चेन लगायतका शीर्ष नेताहरुसँग भेटघाट गर्नु र पार्टीको विदेश विभाग प्रमुख रघुवीर महासेठलाई लिएर चीन भ्रमण जानुलले पनि भ्रममणलाई पार्टीले स्वामित्व लिएको बुझ्नसकिन्छ । नेपालको राजनीति विदेशीको चाहानामा चल्ने र चलिरहने कुरा झुटो होइन यथार्थ हो । अहिले नेपालका कम्युनिष्टहरु छरपष्ट अवस्थामा छन् । यो अवस्था चीनले देख्न चाहेको छैन । वर्तमान एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बाम एकता हुन नसक्ने ठहर गर्दै एमालेको भावी अध्यक्षमा विद्यादेवी भण्डारीलाई अघि सार्ने चाहना चीनले राखेको देखिन्छ । यता एमालेकै कतिपय शीर्ष नेताहरु भावी अध्यक्षमा विद्यादेवी भण्डारी अध्यक्ष भएको देख्न र समर्थन गर्न चाहेको देखिन्छ । वर्तमान अध्यक्ष ओलीलाई मन नपराउने केहि एमाले नेताहरु र माओवादी केन्द्र समेत एमालेको भावी अध्यक्ष विद्यादेवी भण्डारी नै हुनुपर्ने चाहना राख्दै आएका छन् । विदेशी चाहना र आन्तरिक चाहनाका कारण भावी एमाले अध्यक्षमा पूर्वराष्ट्रपति भण्डारीको सम्भावना बढी देखिन थालेको छ । भण्डारी को फुटेको एमाले जुटाउने र वामपन्थी दलहरुलाई समेत मिलाउने र एकीकृत कम्युनिष्ट पार्टीको अध्यक्ष बन्ने उद्देश्य रहेको छ बुझिदै छ भने, अध्यक्ष ओली यथास्थितिमै थोरै बहुत ल्याएर भए पनि अध्यक्ष पदमा दोहोरिन चाहेको देखिन्छ ।
सक्रियता बढाउने क्रममा पछिल्लो भ्रमण ओलीकै गृह जिल्ला झापामा पुगेर नेता कार्यकर्तालाई मन्त्रमुग्ध बनाएपछि ओली विद्यादेवीदेखि झनै चिढिनु भएको र यो सक्रियतालाई सार्वजनिक सन्देश सहित रोक्ने प्रयत्नमा ओली लाग्नु भएको बुझिएको छ । यसका लागि ओली आफू प्रधानमन्त्री भएकै बेला महाधिवेशन गर्ने र आफू तेस्रो कार्यकालका लागि अध्यक्ष बन्ने दाउमा रहनुभएको राष्ट्रपति निकट एक व्यक्तिले आरोप लगाउनुभयो । तर एमाले उपाध्यक्ष यूवाराज ज्ञवालीले भने पार्टीमा अर्लि महाधिवेशनको बारेमा छलफल नभएको र अर्लि महाधिवेशनको आवश्यकता पनि नभएको बताउनुभयो । एमाले झापाका एक नेताका अनुसार अध्यक्ष पदको विषयलाई लिएर ओली–विद्याबीच टकराव चलिरहेको छ ।
भण्डारी राष्ट्रपति भएका बेला उपराष्ट्रपति बन्नु भएका माओवादी केन्द्रका नेता नन्दकिशोर पुन सक्रिय राजनीतिमा फर्किएपछि पूर्वराष्ट्रपति भण्डारी स्वेच्छाले राजनीतिमा फर्किनु भएको होकी कसैको उक्साहटमा हो भन्ने विषयमा पनि चोक चोक र गल्लीगल्लीमा चर्चा परिचर्चा चल्न थालेका छन् ।









