ग्वार्को फ्लाइओभर संचालनले ल्यायो ,थालक तथा यात्रुहरुमा खुशी

काठमाडौं । ललितपुरको ग्वार्को स्थित फ्लाइओभर बिहीबारदेखि सञ्चालनमा आएको छ ।
फ्लाइओभरको मुख्य संरचना निर्माण कार्य पूरा चए पछि प्रधानमन्त्री केपी शर्मा ओलीबाट फ्लाइओभरको उद्घाटन गरिएको थियो । उद्घाटनका क्रममा प्रधान मन्त्री ओलीले भन्नुभयो—,फ्लाईओभर मेकानिकल्ली स्टेबिलाइज्ड अर्थ वाल एमएससी वाल प्रविधिमा बनेको छ । अग्लो टेवा पर्खाल निर्माणका लागि परम्परागत विधिबाट निर्माण हुने टेवा पर्खालको तुलनामा सस्तो पर्ने हुँदा ग्वार्को फ्लाईओभरको अप्रोच सडकमा यो प्रविधिको को प्रयोग गरिएको छ ।’
त्यस्तै उहाँले ग्वार्को फ्लाईओभरको अनुमानित लागत ३१ करोड ४६ लाख र निर्माण अवधि दुई वर्ष रहेकामा १७ करोड ७ लाख लागत र करिब तीन बर्ष चार महिना अवधिमा निर्माण सम्पन्न भएको पनि जानकारी गराउनु भयो । फ्लाईओभर निर्माण पश्चात इमाडोल–पाटनतर्फ ट्राफिक लाइटले व्यवस्थित रुपमा संचालन हुने र उक्त चोकमा ३५ प्रतिशत ट्राफिक व्यवस्थापन कम हुने उनको दाबी छ ।
उनले भने,‘ग्वार्को फ्लाईओभरको अनुमानित लागत ३१ करोड ४६ लाख र निर्माण अवधि दुई वर्ष रहेकामा निर्माण व्यवसायीबाट कबोल भएको रकम १७ करोड ७ लाखमा र अवधि करिब तीन बर्ष चार महिनामा निर्माण सम्पन्न भएको छ । फ्लाईओभर निर्माणपश्चात रिंगरोडमा ट्राफिक निर्वाध रुपमा संचालन हुने र इमाडोल–पाटनतर्फ ट्राफिक लाइटले व्यवस्थित रुपमा संचालन हुनेछ । करिब ३५प्रतिशत ट्राफिक उक्त चोकमा रोकिनुपर्ने छैन ।’
फ्लाईओभर उद्घाटनको पूर्वसन्ध्यामा उक्त सडकमार्ग प्रयोग गरिरहेका यात्रुहरुले हर्ष व्यक्त गरेका छन् । यात्राका क्रममा घन्टौं जाममा फसेको स्मरण गर्दै अब सहज यात्रा गर्न पाउने भन्दै खुशी व्यक्त गरेका हुन् ।

LEAVE A REPLY