किनरोकियो निजामती विधेयक पारित गर्ने संसद्को कार्यसूची?

३ असार, काठमाडौं । संघीय निजामती सेवा विधेयक पारित गर्ने संसद्को कार्यसूची रोकिएको छ । आज मंगलबार प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश गरेन । यसकारण निजामती विधेयक पारित गर्ने संसद्को कार्यसूची रोकिन पुगेको हो ।
यही १ असारमा प्रतिनिधिसभामा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयकको प्रतिवेदन पेस गरेका थिए
२१ फागुन २०८० मा आएको यो विधेयकमा सुशासन समितिले उपसमितिमार्फत सहमति जुटाएको थियो । त्यसपछि विधेयक पास गरेर संसदमा लगिएको थियो ।
मिनी संसद भनिने संसदीय समितिबाट पास भइसकेको विधेयकमा सरकारी कर्मचारीका लागि २ वर्ष कुलिङ पिरियड राख्ने लगायतका प्रावधान रहेको छ
कुलिङ पिरियड भनेको अवकाश पाएपछि कति समयसम्म अर्को नियुक्ति नलिने भन्ने व्यवस्था हो ।
यो प्रावधानको विषयमा मन्त्रिपरिषदको बैठकमा समेत छलफल भएको थियो । यो बेला प्रतिनिधिसभाको बैठक नबस्दा निजामती विधेयक पारित गर्ने संसद्को कार्यसूची रोकिन पुगेको हो ।

LEAVE A REPLY