एसईईको नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारीमा छौंःपरीक्षा नियन्त्रक

काठमाडौं ।एसईइ परीक्षा नियन्त्रक डा. गणेश प्रसाद भट्टराइले यस वर्षको एसईइको नतिजा यही असारको तेस्रो साता सार्वजनिक गर्ने तयारीमा रहेको बताउनुभएको छ । अघिल्ला वषर््ाहरुमा
असारको पहिलो साता नतिजा सार्वजनिक गर्ने गरीएको भए पनि यो वर्ष शिक्षकहरुले २९ दिनसम्म आन्दोलन गरेकाले उत्तरपुस्तिका परीक्षण ढिलो भएको र त्यसकै असरले नतिजा प्रकाशन मिति सारिएको परीक्षा नियन्त्रक डा.गणेशप्रसाद भट्टराईले जानकारी दिनुभयो।
“शिक्षकहरूको आन्दोलनका कारण परीक्षण ढिलो भयो। आउजाउमा लाग्ने समयसहित ३१ दिनको ढिलाइ भयो,” उहाँले भन्नुभयो, “अब नतिजा असारको तेस्रो साताभन्दा अघि सम्भव छैन।”
हाल उत्तरपुस्तिका परीक्षण अन्तिम चरणमा पुगेको छ। “बिहानदेखि बेलुकासम्म कर्मचारी खटाएर काम भइरहेको छ। केही केन्द्रमा परीक्षण बाँकी छ। सबै परीक्षण सकिएपछि इन्ट्री, रुजु र त्रुटि नदेखिने गरी नतिजा सार्वजनिक गरिनेछ,” डा. भट्टराईले बताउनु भयो ।
यस वर्षको एसईई परीक्षा २०८१ चैत ७ गतेदेखि सञ्चालन भएको थियो। परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए।

LEAVE A REPLY