आयल निगमको थानकोट डिपोबाट तेल चोरी, निर्देशक विधि श्रेष्ठकोनेतृत्वमा छानबिनसमिति गठन

काठमाडौं असार १३, नेपाल आयल निगमले आफ्नो थानकोट डिपोबाट भएको तेल चोरी घटनाको छानबिन गर्न निर्देशक विधि श्रेष्ठको नेतृत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरेको छ ।
छानबिन समितिमा श्रेष्ठको नेतृत्वमा प्रशासन विभागबाट १ जना, आन्तरिक नियन्त्रणबाट १ जना र एलपिजी तथा एभिएसन विभागबाट १ जना गरी ४ जनाको समिति गठन गरिएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।
निगमको थानकोट डिपोबाट कर्मचारीकै मिलेमतोमा तेल चोरीका घटना बढ्दै गएको र त्यस्ता घटनामा कर्मचारी भने जोगिने गरेको तथा पछिल्लो पटक ३० जेठ २०८२ मा थानकोट डिपोका अपरेसन अधिकृत गणेशराज जोशीले ना. ४ ख ९४२२ नम्बरको ट्यांकरमा थप ३ सय लिटर तेल बाहिर पठाएको समाचार आएको थियो ।
समाचार आए पछि आयल निगमले शुक्रबार दिउँसो छानबिन समिति गठन गरेको हो
उक्त ट्यांकरले सलम्बुदेवी आयल स्टोरका लागि २० हजार लिटर इन्धन ढुवानी गर्ने क्रममा बाटोमा रोकी च्याम्बरको मेनहोलबाट बाल्टिनमा खन्याइरहेको अवस्थामा समातिएको थियो ।
यसरी ट्यांकरले तेल चोर्दाचोर्दै कसैले कार्यालय प्रमुखलाई जानकारी गराएपछि निगमको बागमती प्रादेशिक कार्यालय प्रमुख तथा थानकोट डिपो प्रमुख अशोक साहले उक्त ट्यांकरका धनी मंगल ढुवानी सेवालाई १ असारमा स्पष्टीकरण सोधेका थिए । त्यसयता उक्त ट्यांकरलाई ढुवानी कार्यमा रोक लगाइएको छ ।
जबकि, डिपो प्रमुख र तेल डिस्प्याच गर्ने अधिकारीको संलग्नताविना यस्तो घटना हुनै नसक्ने आयल निगम स्रोत बताउँछ । तर, प्रादेशिक प्रमुख तथा डिपो प्रमुख साहले आफू ‘बच्न’ र अपरेसन अधिकृत जोशीलाई बचाउन निगमको मंगल ढुवानी सेवालाई १ असारमा तीन दिनभित्र स्पष्टीकरण बुझाउन भनेका थिए ।

स्पष्टीकरण पत्रमा निगमसँग ढुवानी सम्झौतामा रहेको २० हजार किलोलिटर क्षमताको उक्त नम्बरको ट्यांकर चालकले ३० जेठमा थानकोट डिपोबाट तेल लोड भएर गएपछि बाटोमा तेल चोरी गरेको उल्लेख छ ।

LEAVE A REPLY