राष्ट्रिय परीक्षा बोर्डले २०८१ को एसईईको नतिजा आज शुक्रबार सार्वजनिक गरेको छ । अघिल्ला वर्षहरुमा असारको पहिलो हप्ता नतिजा सार्व जनिक गर्दै आएको भए पनि यो वर्ष शिक्षकहरुको लामो आन्दोलनका कारण उत्तर पुस्तिका जाँच गर्न ढिला भएकाले नतिजा प्रकाशित गर्न पनि ढिला भएको बोर्डको भनाइ छ ।
शुक्रबार साँझ बसेको बोर्डको बैठकले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा सार्वजनिक गरेको हो ।







