काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको सञ्चालक समितिको ७१औँ बैठकले श्री सन्तोष कुमार भण्डारीलाई कम्पनीको प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त गरेको छ। यस सँगै नेपाल एस विआई बैकको कार्यभार उहाँको काँधमा आएको हो । उहाँले असार १३ गते देखि नै कार्य भाार समाल्न थाल्नु भएको छ ।
श्री भण्डारीले यसअघि नेपाल एसबिआई बैंक लिमिटेडमा सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख, वित्त तथा योजना विभाग प्रमुख, तथा लेखा परीक्षण विभागका अधिकृतको रूपमा महत्वपूर्ण जिम्मेवारी सम्हालिसक्नु भएको छ। बैंकिङ्ग तथा वित्तीय क्षेत्रमा १६ वर्षभन्दा बढीको अनुभव रहेका भण्डारी कुशल व्यवस्थापक तथा नेतृत्वदायी क्षमताका धनी व्यक्तित्व हुनुहन्छ ।
नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्वमा स्थापना भएको नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको चुक्ता पूँजी रू. २० करोड रहेको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आवश्यक अनुमति प्राप्त गरी निष्कासन तथा बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभूतिकर्ता, शेयर रजिष्ट्रार, लगानी व्यवस्थापन, तथा संस्थागत परामर्श सेवालगायतका मर्चेण्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।









