नन् ग्रेड विद्यार्थीको गे्रड बृद्धिका लागि परीक्षा साउन २९ गते देखि हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा सार्वजनिक गरेको छ ।
नतिजामा गत वर्षको भन्दा सुधार भई ६२ प्रतिशत विद्यार्थीहरु ग्रेडेड भएका छन् । जसमध्ये ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ४८ हजार १७७ जना रहेका छन् ।
नन ग्रेडेड भएका विद्यार्थीका लागि ग्रेड वृद्धिको परीक्षा भनें साउन २९ गतेदेखि हुने जानकारी पनि नतिजा प्रकाशन भए सँगै गराईएको छ ।
नतिजा प्रकाशनका लागि बोर्ड बैठक शुक्रबार साँझ बसेको थियो । २०८१ साल चैत्र ७ गतेदेखि सञ्चालन भएको एसईइपरीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।

 

LEAVE A REPLY