नेपालका बैंकहरुको शाखा विदेशमा पनि खोल्नु पर्छ ः सन्तोष चालीसे

काठमाण्डौ, अर्थ समितिका अध्यक्ष सन्तोष चालिले नेपाली बैंकहरुको शाखा विदेशमा पनि खोल्नुपर्ने बताउनु भएको छ । उहाँले अर्थ समितिको बैठकमा बोल्दै ठुलो जनसंख्या बाहिर जादाँ बाहिर पनि नेपाली बैंकका शाखा खोल्नुपर्ने बताउनु भएको हो ।
उनले बैंकको व्यवस्थापन लगानिकर्ताले नभई विज्ञले चलाउनुपर्ने बताउनु भयो । ।उहाँले बैकको व्यवस्थापन चेयरमेनले नभएर विज्ञले चलाउनुपर्ने भाराणा राख्नु भयो ।अहिले धेरै बैंकमा मालिक नै चेयर म्यान भएर बसेका छन् । यो विज्ञले चलाउनुपर्छ आफै किन बस्नुपर्यो । बैंकहरुलाई बाहिर मुलुकमा किन नलाने ?यति ठुलो जनसंख्या बाहिर छन् भने शाखाहरु किन नखोल्ने त त्यसको बाधाहरु के हुन् ? उहाँको प्रश्न थियो ।
वहाँले नेपालका एटियएम भारतमा चल्ने तर भारत नचल्दा भारतका मानिसले नेपालमा चाहे जति खर्च गर्न नसक्ने पनि बताउनु भयो ।

‘हाम्रो एटिएम भारतमा चल्छ यहाँबाट हस्पिटल जानेहरुले चलाइरहनुभएको छ । भारतका मानिसहरुको यहाँ चलाए त पैसा बोकेर ल्याउन परेन उ सँग जति क्यापिटल छ उसले त्यति खर्च गर्छ,’ उहाँले भन्नु भयो। यस्तै बैठकमा सांसद विनोद चौधरीले बैंकका व्यवस्थापक, बोर्डहरु राम्रो काम गरे लगानीकर्ता उत्साहि हुने र बाफियाले नेपालको बैंकिङ क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने बताउनु भयो ।
उहाले‘बैंक चलाउनुपर्ने काम बैंकर कै हो । विज्ञ कै हो । बैंकको बोर्डमा विज्ञहरु नै हुनुपर्छ । बैंकको व्यवस्थापन, बोर्डहरुले राम्रो काम गर्यो भने लगानीकर्ताको लगानी स्वत जोगिन्छ । आउने बाफियाले नेपालको बैंकिङ क्षेत्रलाई नयाँ उचाइमा पुर्याउँछ ।’
उहाँले नेपालले बाहिर बैंकका शाखा खोली लगानी गर्ने सोच बनाएर नेपालीको पूँजी समेट्ने पनि बतानु भयो । बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल गरिएको थियो ।

LEAVE A REPLY